चट्याङका कारण गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल बन्द
वि.सं.२०७८ माघ २१ शुक्रवार २१:३९
1.36K
shares

काठमाडाैं : वर्षासँगै परेको चट्याङका कारण भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल आजबाट बन्द भएको छ।
शुक्रबार दिउँसो करिब ४ बजे परेको चट्याङका कारण टावरमा समस्या आएपछि विमानस्थल बन्द भएकाे हाे।
विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले टावरमा चट्याङ परेपछि तार चुँडिएको र रनवेका लाइट बन्द भएका कारण विमानस्थल बन्द गरिएको जानकारी दिए । उनले काठमाडौंबाट आवश्यक सामान ल्याएर शनिबार दिउँसोसम्म मर्मतको काम गरिने बताए। विमानस्थल बन्द भएपछि यात्रु फर्किएका छन्।
वि.सं.२०७८ माघ २१ शुक्रवार २१:३९


















