skip this farak Kura Pravakar

खोला ठेक्का प्रकरणमा उपप्रमुख प्रतिक्रिया : `साँढे तीन वर्ष बित्यो, सार्वजनिक सुनुवाइ गर्न सकिएन´

1.13K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-जीतपुरसिमरामा खोला ठेक्का विवाद चर्किँदै जाँदा जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला अधिकारीले प्रमुख राजन पौडेलमाथि खनिएका छन् ।

अधिकारीले सामाजिक सञ्जालमार्फत लेखेका छन्, “साँढे तीन वर्ष बित्यो, एउटा सार्वजनिक सुनुवाइ गर्न सक्या छैन् । आफ्ना कमजोरी लुकाउन एउटा बैठकको निर्णय सामाजिक सञ्जालमा ?”

उनको यो अभिव्यक्ति उपमहानगरको ताजा खोला ठेक्का विवादसँग सम्बन्धित मानिएको छ ।

गत वर्ष खाेला ठेक्का नलाग्नुकाे कारण बारे प्रमुख पौडेलले शुक्रबार उपमहानगरको बैठक निर्णय सार्वजनिक गर्दै प्रतिक्रिया दिएका थिए, जसलाई अधिकारीले ‘कमजोरी ढाक्ने प्रयास’ भनेका हुन् ।

स्थानीय राजनीतिको वाकयुद्धले उपमहानगरभित्र नेतृत्वबीचको असहमति थप खुल्न थालेको संकेत दिएको छ ।

सार्वजनिक सुनुवाइमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १६ मा ढिलाे हुदाँ आईई प्रतिवेदन बनाउन ढिलाे भएको भन्दै उपमहानगरपालिकाकाे राजश्व प्रशासन शाखाले विज्ञप्ति निकालेर स्पष्ट पारेकाे छ ।

nijgadh-supermart-adz1200-630