आज सुनको मुल्यमा घट्यो, कति पुग्यो तोलाको
वि.सं.२०७८ चैत २० आइतवार १२:०४
882
shares

काठमाडौं । आज नेपाली सुन चाँदी बजारमा सुनको मुल्य चार सय रुपैयाँले घटेको छ । आज छापावाल सुनको भाउ तोलाको ९९ हजार तीन सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार सुन तोलाको ९९ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुनको मुल्य तोलाको ९८ हजार आठ सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको मुल्य भने स्थिर रहको छ । शुक्रबार एक हजार तीन सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा किनबेच भइरहेको महासंघले जनाएको छ ।
वि.सं.२०७८ चैत २० आइतवार १२:०४
















