skip this farak Kura Pravakar

झापाको गौरादहमा ट्याङ्करमा मोटरसाइकल ठोकिदा चालकको मृत्यु

1.22K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । चैत २० गते
झापाको गौरादह नगरपालिका–१ मा शनिबार बेलुकी रोकिराखेको ट्याङ्करमा मोटरसाइकल ठोकिदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।मृत्यु हुनेमा मोटरसाइकल चालक झापाकै गौरादह नगरपालिका–९ का ३६ वर्षीय राम सोरेन रहेका छन् ।

बिग्रीएर सडक छेउमा रोकिराखेको को १ ख २४७९ नम्बरको ट्याङ्करमा सोरेनले चलाएको मे २ प ३९१२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर ठोकिएको थियो । हिजो बेलुकी सवा ७ बजे भएको सवारी दुर्घटनामा संलग्न दुवै सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ । ट्याङकर चालक फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

nijgadh-supermart-adz1200-630