सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
वि.सं.२०८० जेठ १० बुधवार ११:४६
822
shares

काठमाडौ, १० जेठ । आज नेपाली बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ । मंगलबार तोलामा १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ६ सय रुपैयाँले बढेर १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुन १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै,बुधवार चाँदीको मूल्य तोलामा १ हजार ३६० रुपैयाँमा कारोबार भएको छ । यसअघि मंगलबार चाँदीको मूल्य तोलामा १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।
वि.सं.२०८० जेठ १० बुधवार ११:४६
















