करको डर भगाउन निजगढका व्यवसायीसँग आन्तरिक राजश्व कार्यालयको अन्तरक्रिया
वि.सं.२०८० कात्तिक ५ आइतवार २०:३६

बारा– कर कार्यालयका कर्मचारी र व्यवसायिबीच प्रायः विवाद भईरहन्छ । कर कार्यालयका कर्मचारी अनुगमनमा आउँदा झडपदेखि सटर बन्द गरेर भाग्नेसम्मका घटना भईराखेका हुन्छन् ।
आन्तरीक राजस्व कार्यालय सिमराको आयोजना तथा निजगढ नगर उद्योग वाणिज्य संघको समन्वयमा बाराको निजगढमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सुरु भएको छ ।
संघको सभा हलमा भएको कार्यक्रमको निजगढ नगर प्रमुख सुरथ पुरीले गमलामा जलसेचन गरेर उद्घाटन गरेका छन् ।

कार्यक्रममा आन्तरीक राजस्व कार्यालय सिमराका प्रमुख कर अधिकृत राजकुमार खतिवडा, जीतपुर सिमरा नगर उद्योग वाणिज्य सघका अध्यक्ष मोहन शर्मा लामिछाने, होटल तथा पर्यटन व्यवसाय संघ बाराका अध्यक्ष अर्जुन लम्साल, आन्तरीक राजस्व कार्यलय सिमराका कर अधिकृ पप्पु कुमार गुप्ता, संघका पर्व अध्यक्ष टेकबहादुर लामा, होटल तथा पर्यटन व्यवसाय संघ निजगढ ईकाइ समितिका अध्यक्ष रामकृष्ण घिमिरे लगायतको विशेष आतिथ्यता रहेको थियो ।

संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा स्वागत संघका उपाध्यक्ष गोरख खड्का र सञ्चालन उषा मोक्तान लामाले गरेकी थिईन ।
वि.सं.२०८० कात्तिक ५ आइतवार २०:३६

















