skip this farak Kura Pravakar

नयाँ बजेट छिट्टै ल्याउने अर्थमन्त्रीको घोषणा

480 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले केपी शर्मा ओली नेतृत्वको निवर्तमान सरकारले अध्यादेशमार्फत् ल्याएको बजेटलाई प्रतिस्थापन गर्न नयाँ बजेट ल्याउने घोषणा गरेका छन्।
प्रतिनिधि सभा बैठकमा मंगलबार ‘देशको वर्तमान आर्थिक अवस्थाको जानकारी’ प्रस्तुत गर्दै उनले उक्त जानकारी दिएका हुन्।
उनले प्रस्तुत अध्यादेशलाई सत्ता सहयात्री दलहरुबीचको साझा न्यूनतम कार्यक्रम, वर्तमान सरकारको नीति र प्राथमिकता, जनचाहना तथा कोभिड-१९ महामारीको कारण सिर्जित चुनौतीसमेतको स्म्बोधन हुनेगरी सुधार गर्न छिट्टै प्रतिस्थापन विधेयक ल्याउने बताए।
अर्थमन्त्री शर्माले संवैधानिक व्यवस्था र लोकतन्त्रको स्थापित मान्यताविपरीत निवर्तमान सरकारले अध्यादेशमार्फत् बजेट घोषणा गरेको बताए।
उनले असंवैधानिक रुपमा प्रतिनिधि सभा दोस्रो पटक भंग गरेर सरकार कामचलाउ अवस्थामा परिणत भइसकेपछि संवैधानिक व्यवस्था र लोकतन्त्रको स्थापित मान्यताविपरीत अध्यादेशमार्फत् बजेट ल्याइएको आरोप लगाए।
उनले जनप्रतिनिधिको अनुमोदनबिना जनतामाथि कर लगाउन नपाइने लोकतान्त्रिक मान्यताविपरीत गएर अध्यादेशमार्फत् बजेट आएको बताए।

nijgadh-supermart-adz1200-630