skip this

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो

900 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ। डिजेल र मट्टितेलको मूल्य भने घटाइएको छ। निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ बढाउने निर्णय गरेको हो।

डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ घटाइएको छ। मूल्य बढेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १५८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १६० रुपैयाँ र तेस्रो वर्गका लागि १६१ रुपैयाँ तोकिएको छ।

‍नयाँ समायोजन गरिएको मूल्य आजै राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ।

 

nijgadh-supermart-adz1200-630