skip this farak Kura Pravakar

पुरुषोत्तम पौडेल बाराका एक्ला पदाधिकारी उम्मेदवार, ज्वालादेखि मोविनसम्म केन्द्रिय सदस्यको मैदानमा

2.67K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–नेकपा (एमाले) को जारी ११ औं महाधिवेशनमा बाराबाट एक दर्जनबढी नेताहरु चुनावी मैदानमा उत्रिएका छन् ।

पदाधिकारीदेखि केन्द्रिय सदस्य, आयोग सदस्यसम्म उम्मेदवार बनेकामा पूर्व मन्त्रीदेखि निर्वमान सांसदसम्म छन् ।

पूर्व मन्त्री एवं पोलिटव्यूरो सदस्य पुरुषोत्तम पौडेल बाहेक अरु सबै केन्द्रिय सदस्य पदका उम्मेदवार हुन् । पौडेलले सचिव (खुल्ला) मा इश्वर पोख्रेलको प्यानबाट उम्मेदवारी दर्ता गराएका छन् ।

केन्द्रिय सदस्य पदमा भने पूर्वमन्त्री एवं पोलिटव्यूरो सदस्य ज्वाला साह, पूर्वमन्त्री एवं निवर्तमान सांसद कृष्णकुमार श्रेष्ठ (किसान), निवर्तमान सांसद अच्यूतप्रसाद मैनाली, पूर्व मन्त्री एकवाल मियाँ, संविधान सभा सदस्य एवं केन्द्रिय सदस्य बलबिर चौधरी चुनावी मैदानमा उत्रिएका छन् ।

त्यसैगरि मधेस प्रदेशकी सांसद मन्जु थापा मगर, मधेस प्रदेश कमिटी सदस्य दुर्गाकुमारी कोईराला, मोहमद् समिर, सिता सुवेदी, दशरथ राम, मोमिन आलम, जीतपुरसिमरा–१४ की वडा अध्यक्ष चयन गुरुङ्ग, ले केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका छन् ।

त्यसैगरि आदिवासी–जनजाती भूगोलमा आनन्द थामी, मधेसी खुल्लामा कमलेश झाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् ।

त्यसैगरि अनुशासन आयोगमा महिला सदस्यमा कमला घिमिरे र लेखा आयोगको सदस्यमा टिना सुवेदी उम्मेदवार छिन् ।

सचिव पदमा उम्मेवारी दिएका पौडेल र केन्द्रिय सदस्यमा उम्मेदवारी दिएका दुर्गा कोईराला, चयन गुरुङ्ग, दशरथ राम ईश्वर पोखरेल समुहबाट उम्मेदवार बनेका हुन् ।

त्यसैगरि ओली समुहबाट ज्वाला साह, कृष्णकुमार श्रेष्ठ (किसान), अच्यूतप्रसाद मैनाली, एकवाल मियाँ, बलबिर चौधरी, मोहमद् समिर, सिता सुवेदी, मन्जु थापा मगर चुनावी मैदानमा उत्रिएका हुन् ।

त्यसैगरि अनुशासन आयोगकी उम्मेदवार कमला घिमिरे पोखरेल र लेखा आयोगको सदस्यमा टिना सुवेदी ओली समुहकी उम्मेदवार हुन् ।

को हुन् एक्ला पदाधिकारी उम्मेदवार ?

२०४३ सालको स्थानीय निर्वाचनमा २१ वर्षको उमेरमै निजगढ गाउँ पञ्चायतको प्रधानपञ्चमा निर्वाचित भएका लोकप्रिय नेता हुन् ।

२०५१ सालको मध्यावधि निर्वाचनमा बारा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उहाँ २०७० सालको संविधानसभा निर्वाचनमा पनि अत्याधिक मतका साथ विजयी भएका थिए । छोटो समय युवा तथा खेलकुद मन्त्रालयको नेतृत्व गरेका छन् ।

चार दशकभन्दा लामो राजनीतिक जीवन, संगठन निर्माणको गहिरो अनुभव र जनपक्षीय छवि बनाएका छन् ।

२०३३ सालमा तत्कालीन नेपाल मजदुर किसान संगठनको क्रान्तिकारी विद्यार्थी संघबाट पौडेलले राजनीतिक यात्रा सुरु गरेका थिए ।

निजगढको गौरीशंकर माध्यमिक विद्यालयमा स्ववियु सभापति हुँदै संघको केन्द्रीय सदस्य बनेका पौडेल अनेरास्ववियु एकताको पाँचौंको जिल्ला सचिव, २०३८ सालमा काठमाडौंमा सम्पन्न अनेरास्ववियुको छैटौं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएका थिए ।

२०३७ सालमा अनेरास्ववियुले आह्वान गरेको आमहड्तालका क्रममा कोल्हबीबाट पक्राउ परेपछि उनले आठ महिना जेल जीवन समेत विताएका छन् ।

nijgadh-supermart-adz1200-630