skip this farak Kura Pravakar

मधेश प्रदेशबाट मोहन शर्मा नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा प्रतिस्पर्धामा, मतदान गर्न अपील

189 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–मधेस प्रदेशको भूगोल तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्यकारिणी सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेका जीतपुरसिमरा उद्योग वाणिज्य संघ, बाराका अध्यक्ष मोहन प्रसाद शर्मालाई अत्यधिक मतले विजयी गराउन आग्रह गरिएको छ ।

मधेस प्रदेशमा क्रियाशील सम्पूर्ण जिल्ला तथा नगर उद्योग वाणिज्य संघका अध्यक्षहरू सहित शुभेच्छुक सबैलाई उहाँको समर्थनमा उभिन हार्दिक अपिल गरिएको हो । व्यवसायिक क्षेत्रको विकास र सशक्त नेतृत्वका लागि सक्षम उम्मेदवारको रूपमा चिनिएका शर्मा प्रति व्यापक समर्थन जुट्ने अपेक्षा गरिएको छ ।

उहाँको उम्मेदवारीले मधेस प्रदेशका उद्योगी तथा व्यवसायीहरूको हकहित संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघको ६० औँ वार्षिक साधारण सभा तथा निर्वाचन २०८२ चैत २९–३० का लागि केन्द्रीय कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिएका मोहन प्रसाद शर्माले समर्थनको अपिल गर्नुभएको छ ।

जीतपुरसिमरा उद्योग वाणिज्य संघ, बाराका अध्यक्ष समेत रहेका शर्मा जिल्ला तथा नगर उद्योग वाणिज्य संघको मधेश प्रदेश भूगोलतर्फबाट उम्मेदवार बन्नुभएको हो । उहाँले सम्पूर्ण उद्योगी व्यवसायी, प्रतिनिधि तथा मतदाताहरूलाई साथ, सहयोग, समर्थन, आशीर्वाद र अमूल्य मत प्रदान गर्न आग्रह गर्नुभएको छ ।

“तपाईंहरूको समर्थनले नयाँ ऊर्जा र जोशका साथ काम गर्ने अवसर प्राप्त हुनेछ भन्ने विश्वास लिएको छु,” उम्मेदवार शर्माले भन्नुभयो ।

व्यवसायिक क्षेत्रको हित, सुदृढ नेतृत्व र प्रभावकारी प्रतिनिधित्वका लागि आफू प्रतिबद्ध रहेको उहाँको भनाइ छ ।

nijgadh-supermart-adz1200-630