skip this yams_Max_Hospital.jpeg

नवनियुक्त परराष्ट्रमन्त्री खड्काद्वारा पदभार ग्रहण

456 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्काले पदभार ग्रहण गरेका छन् । शपथग्रहण कार्यक्रम लगत्तै उनी मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

यसअघि राष्ट्रपति भण्डारीले नवनियुक्त परराष्ट्रमन्त्री खड्कालाई पद तथा गोपनियताको सपथ खुवाएकी थिइन् ।

शीतलनिवासमा आयोजित शपथग्रहण कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवासहित सभामुख अग्निप्रसाद सापकोटा तथा राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सनाको उपस्थिति रहेको थियो ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा खड्कालाई मन्त्रीमा नियुक्त गरेकी हुन् ।

खड्का राति ८ः३० बजे संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क प्रस्थान गर्ने छन् ।

nijgadh-supermart-adz1200-630