स्थापितले चुनावी फाइदाका लागि मधेसको आत्मसम्मानमा चोट पुर्याए –प्रदीप पौडेल
वि.सं.२०७९ वैशाख २० मंगलवार १४:२५

काठमाडौं । नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाका मेयर पदका उम्मेदवार केशव स्थापितले चुनावी फाइदाका लागि मधेसको आत्मसम्मानमा चोट पुर्याएको नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले बताएका छन्।साम्प्रदायिक घृणा र ध्रुवीकरणको घिनलाग्दो खेल नखेल्न पनि उनले स्थापितलाई आग्रह गरेका छन्।
केही दिनअघि स्थापितले स्वतन्त्र उम्मेदवार बालेन शाहमाथि पहिचान लुकाएको आरोप लगाएका थिए।त्यसतर्फ लक्षित गर्दै पौडेलले स्थापितलाई चुनावी फन्डा नगर्न भनेका छन्। केशव स्थापितले चुनावी फाइदाका लागि मधेसको आत्मसम्मानमा चोट पुर्याएको उनको भनाई । उनले भने, ‘साम्प्रदायिक घृणा र ध्रुवीकरणको यो घिनलाग्दो खेल केपी ओलीले पहिल्यै खेलिसकेको बताएका छन् । स्थापित काठमाडौंका लागि नयाँ उम्मेदवार नभएको उनले बताए। स्थापित यसअघि पनि मेयर भइसकेको उनको भनाइ थियो।
‘स्थापितले निर्वाचित मेयरको रुपमा पूरै पाँच वर्षको कार्यकाल पूरा गरिसक्नु भएको हो। शाही शासनकालमा ज्ञानेन्द्रको मनोनीत मेयर भएर पनि काठमाडौंको सेवा गरिसक्नु भएको हो,’ उनले भने, ‘त्यतिले नपुगेर बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा काठमाडौं उपत्यका विकास प्राधिकरणको जागिर पनि खाइसक्नु भएको हो। अहिले अचानक अर्कै ग्रहबाट पहिलोपटक काठमाडौं ओर्लेजस्तो गरी चुनावी फण्डा गरिरहरहेको बताए । उनले हिंसा, विद्वेष, सिद्धान्तहीनता र अवसरवाद काठमाडौंको रोजाइ हुन नसक्ने पनि बताएका छन्।
वि.सं.२०७९ वैशाख २० मंगलवार १४:२५

















