ट्रम्पको घरमा एफबीआईको छापा, आक्रोशित ट्रम्प
वि.सं.२०७९ साउन २४ मंगलवार ०९:४८
अमेरिकी पूर्व राष्ट्रपति डाेनाल्ड ट्रम्प । फाइल तस्बिर
काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पको फ्लोरिडास्थित घरमा संघीय अनुसन्धान निकाय एफबीआईले छापा मारेको छ । एफबीआईले आफ्नो घरमा छापा मारेको ट्रम्पले पुष्टि गरेका छन् । पाम बिचस्थित मार–ए–लागो रिसोर्टमा रहेको घर एफबीआई एजेन्टको ठूलो समूहले कब्जा गरेको’ ट्रम्पले एक विज्ञप्तिमा उल्लेख गरेका छन् ।
एफबीआईको छापा ट्रम्पको आधिकारिक कागजात ‘ह्यान्डलिङ’को अनुसन्धानसँग जोडिएको बताइएको छ । आगामी सन् २०२४ मा राष्ट्रपतिका लागि उम्मेदवार दिने बताइरहेका बेला ट्रम्पमाथिको छानबिन पक्रिया बढेको छ ।
आधिकारिक कागजातको व्यवस्थापनको विषयमा ट्रम्पको घरमा छापा मारिएको सीबीएस न्युजलाई उल्लेख गर्दै बीबीसीले जनाएको छ ।गत वर्ष अमेरिकी संसद् भवनमा भएको हिंसाबारे पनि अमेरिकी संसद्ले ट्रम्पमाथि छानबिन गरिरहेको छ ।
वि.सं.२०७९ साउन २४ मंगलवार ०९:४८

















