skip this farak Kura Pravakar

विभिन्न समुदायका चाडपर्व र धर्म–संस्कृतिले राष्ट्रिय एकतालाई बलियो बनाएको छ –अध्यक्ष नेपाल

1.42K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । विभिन्न समुदायका चाडपर्व र धर्म–संस्कृतिले राष्ट्रिय एकतालाई बलियो बनाएको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको भनाई छ । आज मुस्लिम समुदायको इद–उल–अजाह (बकर–इद)पर्वका अवसरमा उनले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएका छन् । उनले विज्ञप्तिमा इस्लाम धर्मावलम्बीसहित स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं प्रगतिको शुभकामना व्यक्त गरेका छन्।

अध्यक्ष नेपालले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त मुलुक हुनुका साथै धार्मिक सहिष्णुताको चेतनाका दृष्टिले नेपाली समाज उदाहरणीय रहेको उल्लेख गरेका छन्। भातृत्व र पारिवारिक मिलनका साथै मानवीयताको पर्वका रूपमा मनाइने इद–उल–अजाहले राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी मित्रतालाई थप सुदृढ गर्ने अध्यक्ष नेपालद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

nijgadh-supermart-adz1200-630