‘प्रकाश–सुरक्षा’ जस्ता लडाकु–कार्यकर्ताको अब मन नदुखोस् ! गितलाई प्रतिबन्ध हैन नेता सुधारौं
खुमलटारमा पनि ‘पिर’ थपेको अनुमान
वि.सं.२०७८ फागुन २८ शनिवार २१:३०

जहाँ बढी योगदान गरिन्छ त्यहाँ आश गर्नु स्वभाविक हो । अझ ज्यानै बाजी राखेर लडेका छापामारहरुले आशा गर्नु र गुनासो गर्नु पनि झन स्वभाविक छ ।
परिवर्तनको लागि युद्ध लडेको तर सम्झौताबाट संसदीय प्रकृयामा आएको माओवादीले युद्धकालिन योजनालाई हुबहु कार्यान्यवन गर्न नसक्नु पनि स्वभाविक हो । किनकी केहि छोड्ने र केहि लिनेलाई त सम्झौता भनिन्छ ।
माओवादीको मुल एजेण्डा गणतन्त्र कार्यान्यवन भएको छ । संघीयता, धर्मनिरपेक्षता, समावेसी र समानुपातिक प्रतिनिधित्व सुनिश्चित भएको संविधानसभाबाट संविधान बनेको छ । यो एजेण्डा स्थापित हुदाँ जनताको जीत भएको छ । चुलोचौकोमा सिमित समुदायमा मुलप्रवाहमा आएपनि चुलो बाल्न चाँही अझैं भएको समस्या समाधान हुन बाकीँ छ । अर्थात समृद्धिको यात्रा अझैं अधुरै छ ।
माओवादीको नेतृत्वमा रहेका नेताका बोलि र व्यवहारमा आएको परिवर्तन गर्न सम्झौताले छेकेको थिएन् । कार्यकर्तासंग सरल र जनप्रिय सम्बन्ध राख्न छेकेको छैन् तर पदमा पुगेका केहि नेताका व्यवहारले कार्यकर्ताको मन कुडिएको पक्कै छ । पार्टीले त्यसो गर भनेको छैन तर केही नेता मेयर, सांसद र मन्त्री भएपछि कार्यकर्तासंग टाढिदो व्यवहारले पार्टीलाई समेत हानी गरेको छ ।

जनयुद्धपछि लडाकु–कार्यकर्ताले भोगेको पीडा प्रकाश सपुतको गित ‘पिर’ मा सार्वजनिक गरिदिएका छन् । माओवादी एक प्रकारले समिक्षा गरिएको भिडियोप्रति कृयाप्रतिकृया आएका छन् । माओवादी पार्टी र जनयुद्धलाई नकारात्मक कोणबाट व्याख्या गरिएको आरोप मात्रै बोकेका छैनन् कि माओवादीलाई सुधार्न गरिएको समिक्षाका रुपमा स्वीकार गरेर सुध्रिनुपर्ने आवाज पनि उठेको छ ।
पार्टीको आलोचना भएको गित चुनावको मुखमा रिलिज भएपछि त्यसले असर गर्ने पर्ने हो कि भनेर खुमलटारमा पनि ‘पिर’ थपेको अनुमान गरिएको छ ।
परिवर्तनको संवाहक माओवादीले सरकारमा पुगेर कार्यकर्ता र लडाकुलाई हेर्दै नहेरको भनेर भनियो भने पूर्ण सत्य हुदैन् । लडाकु व्यवस्थापन गर्दा स्वच्छिक अवकाश र समायोजनको अवसर दिईएकोमा अवकाश लिदा खाली हात सबैले फर्केको हैनन् । त्यसयता पनि विभिन्न सुविधा दिने र दिलाउने प्रयास भईरहेकै छ । शान्ति प्रकृया अन्तगर्तका सबै काम अझैं सकिएको छैन्न् । शहीद, बेपत्ता, अपाङ्गता भएका पूर्व लडाकु र कार्यकर्ता परिवारको व्यवस्थापन अझैं गर्न धेरै बाँकी छ । माओवादीले गर्नैैपर्छ ।
सरकारमा पुगेर माओवादीले केहि गरेन भनेर भन्न मिल्दैन् । हो, अपेक्षाकृत गर्न सकेन होला गरोस् पनि कसरी ? संयुक्त सरकारमा बसेर । पहिलो पटक बहुमतको सरकारबाट बाहिरिएर गरेको गल्तीको महसुस गरिसकेको छ । त्यसयता उसले त्यो अवसर पाएको छैन् ।
देशका सडक फराकिलो पार्ने, देशलाई अन्धकारबाट मुक्त गर्ने जस्ता विकासे उपलब्धि होस् वा नीतिगत रुपमा भएका विविध सुधारका काम माओवादीले गरेको छ । त्यसलाई न माओवादीले अपनत्व लियो न त अरुले भनिदिए ।
तत्कालिन नेकपाको सरकारको बेलामा पशुपति शर्माको ‘लुट्न सके लुट..’ बोलको गितमा भएजस्तै हमला माओवादीलाई ‘पिर’ माथि गर्ला कि नगर्दा भनेर पनि प्रतिक्षा भईरहेको छ ।
रिलिज भएको २४ घण्टा नपुग्दै भिडियो युटुबमा ट्रेण्डिङ्गको चौथो नम्बरको पुगेको छ । प्रकाशले करिब ६ महिना पछि नयाँ गीत पिर ल्याएका हुन् । ५ लाख बढी पटक हेरिएको भिडियोमा ६ हजार बढी प्रतिकृया आएको छ ।
वि.सं.२०७८ फागुन २८ शनिवार २१:३०

















