skip this farak Kura Pravakar

अन्ततः जीतपुरसिमराको प्रमुख प्रशासकीय अधिकृत काफ्लेको सरुवा ! पोखरेल आउने बारे मेयर भन्छन्–उहाँ आउनु हुन्छ जस्तो लाग्दैन

एक तीर दुई निशान

4.22K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेको सरुवा भएको छ ।

दुई महिना अघि (बैशाख २८ गते) उपमहानगरमा हाजिर भएकी प्रमुख प्रशासकीय अधिकृत काफ्लेको भएको हो ।

उनको सरुवा गराउन चलखेल भएको बारेमा फरक नेपालमा विहीबार विहान समाचार प्रकाशित भएको थियो ।

१० औं नगर सभाको विषयलाई लिएर असन्तृष्ट बनेको उपमेयर भोला अधिकारी नेतृत्वको जनप्रतिनिधिको टोली काफ्लेको सरुवा गराउन लागेको थियो ।

प्रमुख प्रशासकीय अधिकृत काफ्लेलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अतिरिक्त समूहमा सरुवा गरेको हो ।

एक तीर दुई निशान

उपमेयर अधिकारीको टोली एकै तीरले दुई निशाना लगाउन सफल भएको छ । बजेट कार्यान्वयनमा असर पार्ने गरि काफ्लेको सरुवा गरिएको छ भने उनको स्थानमा विगतमा जीतपुरमा रहदा विवादमा तानिएका चेतकुमार पोखरेल ल्याउने योजना सफल भएको छ ।

भवन निर्माण ठेकेदारको भुक्तानी गराउन पोखरेललाई पुनः ल्याउन एउटा समुह लामो समयदेखि सक्रिय थियो ।

पोखरेल शिक्षा समन्वय ईकाई धनुषामा हाल कार्यरत छन् । उपसचिव चेतकुमार पोखरेललाई प्रमुख प्रशासकीय अधिकृत हाजिर नभए सम्मका लागि आर्थिक तथा प्रशासनिक जिम्मेवारी सहित मन्त्रालयले काम काग गर्नको लागि पठाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत पोखरेल अढाई वर्ष उपमहानगरपालिकामा थिए ।

हाजिर हुनेमा आशंका

विवादास्पद पृष्ठभूमीमा जीतपुरसिमराबाट विदा भएका पोखरेलको हाजिर हुनेमा आशंका उब्जिएको छ । मेयर राजन पौडेल पोखरेलप्रति सकारात्मक नदेख्रिएकाले नै यसअघि पनि उनलाई ल्याउने प्रयास सफल भएको थिएन ।

पोखरेल पुनः जीतपुर आउने कुरामा मेयर पौडेलले भने–उहाँ आउनु हुन्छ जस्तो लाग्दैन । विगतको परिस्थिति र अहिलेको अवस्थाबारे जानकार रहेका पोखरेल आउनु हुन्छ जस्तो नलागेको मेयर पौडेलले बताए ।

जीतपुरसिमराको हाकिम फेर्न चलखेल ! नगर सभामा मेयरलाई साथ दिएपछि निशानामा

 

nijgadh-supermart-adz1200-630