skip this farak Kura Pravakar

पहिरोमा पुरिएर जुम्लाको कनकासुन्दरीमा पाँच जनाको मृत्यु

1.11K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । निरन्तर परेको अविरल बर्षाका कारण गएको पहिरो पुरिएर जुम्लाको कनकासुन्दरीमा पाँच जनाको मृत्यु भएको छ। अविरल वर्षाका कारण पहिरो जाँदा पाँच जनाको मृत्यु भएको खबर पाएको गाउँपालिका अध्यक्ष दामोदरप्रसाद आचार्यले जनाएका छन् ।

उनले पहिरोमा पुरिएर पाँच जनाको मृत्यु भएको खबर आएको र आफु घटनास्थल जाँदै गरेको जानकारी दिएका छन् । घटनामा दुई जना बेपत्ता रहेको र दुई जना गम्भीर घाइते भएका छन्। घाइतेलाई अस्पताल पठाएको बताइएको छ।

nijgadh-supermart-adz1200-630