skip this farak Kura Pravakar

बारा क्षेत्र नं. ४ मा एकिकृत समाजवादीबाट किसान श्रेष्ठ, काे हुन् किसान ?

2.09K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा- गठबन्धनबीच भएको भागबण्डा अनुसार नेकपा एकिकृत समाजवादीले बारा क्षेत्र नं. ४ मा कृष्णकुमार (किसान) श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

गठबन्धनबीच शुक्रवार राती भागबण्डा टुंगिएपछि समाजवादीले प्रतिनिधिसभातर्फ पार्टीको १९ जना उम्मेदवारको नाम टुंगो लगाउने क्रममा बारामा श्रेष्ठलाई अघि सारेको हो ।

गठबन्धनबीच बारा क्षेत्र नं. ४ एकिकृत समाजवादी र क्षेत्र नं. १ नेपाली कांग्रेसले लिने सहमती भएको थियो भने क्षेत्र नं. २ र ३ तालमेलका लागी खाली राखिएको थियो ।

बारामा होटल र उद्योगमा लगानी गरेका श्रेष्ठले यसअघि नै क्षेत्र नं. ४ बाट चुनाव लड्ने घोषणा गरेर सक्रियता देखाउदै आएका थिए ।

काे हुन् किसान ?

पुर्व श्रम तथा रोजगार मन्त्री कृष्ण कुमार श्रेष्ठ किसानको जन्म २०२४ पुस ७ गते म्याग्दे गाउँपालिका १ को दबुङमा बुवा स्व. केवलबहादुर श्रेष्ठ र आमा लेसकुमारी श्रेष्ठको सन्तानको रुपमा भएको थियो ।

श्रेष्ठ पञ्चायत कालमा नै विद्यार्थी राजनीतिमा होमिएका थिए। २०३८ सालमा अनेरास्ववियुको सदस्यता लिएका श्रेष्ठले त्यसपछि विभिन्न रुपमा पार्टीगत जिम्मेवारी निभाउदै गए। प्रजातन्त्र प्राप्तिको आन्दोलनमा जेलनेल भोगे। २०५१ सालबाट पार्टी राजनीतिमा सक्रिय रहेका उनले गत चुनावमा तनहुँ–१ मा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई हराएर सांसद चुनिएका थिए।

पौडेललाई पराजित गरेका श्रेष्ठ कांग्रेसकै सभापति शेरबहादुर देउवाको क्याबिनेटमा श्रम तथा रोजगार मन्त्री बनेका छन्। २०७४ सालको निर्वाचनमा पौडेललाई श्रेष्ठले ६८१४ मतान्तरले पराजित गरेका थिए। श्रेष्ठले ३४ हजार ४ सय ८९ मत ल्याएका थिए भने पौडेलले २७ हजार ६ सय ७५ मत पाएका थिए। श्रेष्ठ तनहुँका नाम चलेका व्यापारी हुन् ।

दमौलीमा उनको किसान हार्डवेयर चर्चित छ। त्योबाहेक हाउजिङ, रियलस्टेट, ग्यास उद्योग र होटल क्षेत्रमा पनि उनको लगानी छ। उनको आफ्नै लगानीमा क्लासिक म्याट्रेस उद्योग संचालनमा रहेको छ। श्रेष्ठ राजनीतिमा व्यस्त रहेको समयमा उनकी धर्मपत्नी अन्जु गोशेली श्रेष्ठले व्यापार व्यवसाय धानेकी छन्।

श्रेष्ठमा लुकाउने–छलछाम गर्ने प्रवृत्ति छैन। श्रेष्ठले मन्त्री भएलगत्तै सम्पत्ति विवरण सार्वजनिक गरिदिए। मन्त्री बनेको चार दिनमै निर्धक्क उनले सबैभन्दा छिटो आफ्नो अरबौँको सम्पत्ति विवरण सार्वजनिक गरे। नेपालमा सार्वजनिक पद धारण गरेको व्यक्तिले ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था छ। मन्त्री श्रेष्ठले मन्त्री नियुक्त भएको चौथो (चार) दिनमै सम्पत्ति विवरण सार्वजनिक गरे।

व्यापारिक पृष्ठभूमि भएकै कारण उनले कोही नेतासँग हात फैलाइरहनु पर्दैन। उनि आफै समाजसेवामा पनि सक्रिय छन्। सांसदको रुपमा प्राप्त हुने सबै तलब भत्ता जिल्लाका विभिन्न संघ संस्थालाई प्रदान गर्ने गरेका छन्। तनहुँमा विकास निर्माणको कामलाई निरन्तरता दिन करोडौं रुपैयाँको बजेट बिनियोजनको अगुवाइ उनले नै अहिले लिइरहेका छन् । अहिले श्रेष्ठनेकपा एसको केन्द्रीय सदस्य छन्।

उनी संसदको उद्योग वाणिज्य आपूति तथा उपभोक्ता हित संरक्षण समितिको सदस्य रही काम गरिसकेका छन्। उनि नेपाल तेक्वान्दो संघको उपाध्यक्ष पनि रहिसकेका छन्।

nijgadh-supermart-adz1200-630