skip this

जिडिएमद्धारा  व्यक्तित्व विकास केन्द्रित एक दिवसीय तालिम आयोजना, मिडिया जगतका अनुभवी व्यक्तित्वसहित विद्यार्थीहरू सहभागि

यो वर्ष १२ वटा तालिम प्रत्येक महिना आयोजना गर्ने लक्ष्य

1.86K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौ–जिडिएम प्रा.लि.को आयोजनामा काठमाण्डौमा उन्नतिको यात्रा “Journey to Progress” अन्तर्गतको “Speak Up – A 1-Day Personality Development Workshop”  सम्पन्न भएको छ ।

मिडिया जगतका अनुभवी व्यक्तित्वहरूको प्रशिक्षणमा विभिन्न क्षेत्रमा कार्यरत व्यक्तिहरू साथै विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

तालिममा जिडिएम प्रा.लि. कि संचालिका साथै Public Speaking Coach रेश्मी लामिछाने, टिभी पत्रकार साथै संचारकर्मी उषा काफ्ले, भिडियो पत्रकार साथै संचारकर्मी भुवन तामाङ र रेडियो पत्रकार साथै संचारकर्मी शिवराज आचार्य लगायतका अनुभवी प्रशिक्षकहरूको उपस्थिति रहेको थियो ।

काठमाण्डौको बागबजारस्थित राईट च्वोइस एकेडेमीको सभा हलमा आयोजित कार्यक्रममा जिडिएम प्रा.लि. संचालिका साथै तालिमकी प्रशिक्षक रेश्मी लामिछानेले यो वर्ष १२ वटा तालिम प्रत्येक महिना आयोजना गर्ने लक्ष्य रहेको पनि जानकारी दिएकी छिन् ।

लिमकी प्रशिक्षक रेश्मी लामिछाने
nijgadh-supermart-adz1200-630