skip this farak Kura Pravakar

प्रथम विकल रेग्मी स्मृति जुनियर फुटबल प्रतियोगिता : निजगढ ४ नं. वडा फाईनल प्रवेश

म्यान अफ द म्याच गोलकर्ता समीर कुमर नै घोषित

1.02K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको निजगढमा सञ्चालित प्रथम विकल रेग्मी स्मृति जुनियर फुटबल प्रतियोगिताको फाईनलमा निजगढ वडा नं. ४ को टिम पुगेको छ ।

निजगढ नगरपालिका–९ स्थित शहीद हिरालाल रंगशालामा जारी प्रतियोगिताको पहिलो सेमिफाईनल खेलमा निजगढ नम्बर १ लाई २–१ गोल अन्तरले पराजित गर्दै वडा नं. ४ को टिम फाईनल प्रवेश गरेको हो ।

वडा नम्बर ४ का लागि जर्सी नम्बर ७ का खेलाडी समीर कुमरले पहिलो हाफकोको अतिरिक्त समयमा गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए ।
त्यस्तै गरि दोश्रो हाफको सुरुवाती समयमै कुमरले पुनः गोल गर्दै अग्रता दोब्बर बनाएमन थिए ।

वडा नम्बर १ खेलाडी जर्सी नम्बर १६ का प्रकाश मोक्तानले १ गोल फर्काएपछि अग्रता बढाउन नसक्दा नजिता वडा नं. ४ को पोल्टामा परेको छ ।

खेलको म्यान अफ द म्याच गोलकर्ता समीर कुमर नै घोषित भए । कुमरलाई वडा नम्बर ४ का वडा सदस्य सागर गौतम, समाजसेवी बेनि मोक्तान र स्व. विकल रेग्मीकी आमा कमला रेग्मीले संयुक्त रुपमा १ हजारको चेक र ट्रफी प्रदान गरेका थिए ।

जितसंगै वडा नम्बर ४ प्रतियोगिताको फाइनल प्रवेश गर्ने पहिलो टिम बनेको छ । फाइनलमा प्रतिस्पर्धाका लागि वडा नम्बर ४ वडा नम्बर ७ र ११ को खेल नतिजा पर्खिनु पर्ने छ ।

बैशाख २२ गते बाट शुरु भएको प्रतियोगितामा ३० वैशाखसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले ५१ हजार र उपविजेताले ३१ हजारसँगै मेडल, तथा प्रमाण–पत्र प्राप्त गर्नेछ ।

निजगढ नगरपालिका नगर खेलकुद विकास समितिको आयोजना तथा निजगढ फुटबल क्लबको व्यवस्थापनमा भईरहेको प्रतियोगिताको फरक नेपाल डटकमको अफिसियल स्पोर्ट पेज फरक स्पोर्टसले प्रत्यक्ष प्रशारण गर्दै आएको छ ।

nijgadh-supermart-adz1200-630