संविधान रक्षाकै लागि गठबन्धनको समर्थनमा उम्मेदवार बन्नुपर्यो –घनश्याम भुसाल
वि.सं.२०७९ कात्तिक १५ मंगलवार ११:३६

काठमाडौं । संविधान रक्षाकै लागि गठबन्धनको समर्थनमा उम्मेदवार बन्नुपरेको रुपन्देही क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार घनश्याम भुसालले बताएका छन्। एमाले परित्याग गरी त्रिभुज चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका भुसालले एमाले अध्यक्ष केपी ओलीले संविधान च्यात्न खोजको र त्यसको प्रतिबाद गर्दा आफू पार्टी छोड्न बाध्य भएको बताए। उनले अझै पनि ओलीबाट संविधानमाथि खतरा रहेको उल्लेख गर्दै अब त्यसको रक्षाका लागि गणतन्त्र र संविधानको रक्षकलाई जिताउन अपिल गरे। सोमबार क्षेत्र नम्बर १ का विभिन्न ठाउँका कार्यक्रममा बोल्दै भुसालले यस्तो कुरा बताएका हुन्।
नेता भुसालले स्थानीय तहमा शिक्षा, स्वास्थ्य, बाटोघाटो तथा भौतिक निर्माणका काममा तीब्रता दिइने बताए। उनले सुकम्मबासी समस्याको समाधान गरिने पनि बताए। सुकम्बासी समाधानबारे गहन अध्ययन थालिएको उनले बताए।
वि.सं.२०७९ कात्तिक १५ मंगलवार ११:३६
















