skip this hetauda tech

धनुषाबाट वरिष्ठ सई घुससहित रंगेहात पक्राउ

423 shares
oil-nigam-amlekhgunj-adv.jpeg

जनकपुरधाम-धनुषाबाट चार हजार रुपैयाँ घुस रकमसहित वरिष्ठ प्रहरी नायव निरीक्षक पक्राउ परेका छन् ।

धनुषाको सीमा प्रहरी कार्यालय जटहीका प्रमुख वरिष्ठ प्रहरी नायव निरीक्षक (वरिष्ठ सई) देवकीलाल चौधरीलाई बिहीबार साँझ घुससहित रंगेहात पक्राउ परेका हुन् ।

उनलाई अख्तिार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटेको टोलीले नगराइन नगरपालिका वडा नम्बर–२ जटहीस्थित विनायक इन्टरप्राइजेज मदिरा पसलबाट पक्राउ गरेको हो ।

चौधरीले सेवाग्राहीसंग चाहजार रुपैयाँ घुस लिरहेको बखत पक्राउ गरिएको अख्तियारको कार्यालय बर्दिबासले जनाएको छ । घटनास्थलमा मुचुल्कासहित अन्य अनुसन्धानको काम भइरहेको जनाएको छ ।

nijgadh-supermart-adz1200-630