skip this farak Kura Pravakar

वस्ती व्यवस्थापनको निर्णय भईसक्यो, चुनावपछि निजगढ विमानस्थल शिलान्यास हुन्छ : मन्त्री चौधरी

निजगढ बृहत सिचाई आयोजना बनाउने प्रतिवद्धता

1.51K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–खानेपानी मन्त्री उमाकान्त चौधरीले चुनावपछि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल शिलान्यास हुने बताएका छन् ।

चुनावी घरदैलोपछि निजगढ ६ सडकटोलमा सम्पर्क कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री चौधरीले निर्वाचन आचारसंहिता कारण अहिले शिलान्यास नभएको बताउँदै निर्वाचन सकिएपछि शिलान्यास गरिने जानकारी दिए ।

बारा क्षेत्र नं. १ का प्रतिनिधि सभाका सत्ता गठबन्धनका उम्मेदवार समेत रहेको मन्त्री चौधरीले टांगियावस्ती व्यवस्थापन गर्ने मन्त्रिपरिषदबाट निर्णय भईसकेको जानकारी दिएका छन् ।

चुनावी घरदैलोको क्रममा पुरानो निजगढमा सत्ता गठबन्धनका उम्मेदवार ।

उनले विमानस्थल बनाउन आफुले लामो समयदेखि आवाज उठाउँदै आएको र सरकारप्रतिवद्ध रहेको समेत जानकारी दिए । उनले सरकारमा सहभागि भएका दलका नेतृत्वसहित निजगढमा ल्याएर सम्बोधन गरँएर प्रतिवद्धता जनाउने कार्य भएको समेत स्मरण गराए ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र तराई मधेस–काठमाण्डौं द्रुतमार्ग निर्माणको लागि संसदमा पटक पटक आवाज उठाएको भन्दै मन्त्री चौधरीले एयरर्पोट र द्रुतमार्ग निर्माणसंगै निजगढ स्मार्टसिटीलाई कार्यान्वयन गर्नमा जोड दिने बताए ।

मन्त्री चौधरीले निजगढ बृहत सिचाई आयोजना बनाउने प्रतिवद्धता समेत जनाए । उनले निजगढको सिचाईको समस्या दिर्घकालिन रुपमा समाधान हुने गरि बृहत आयोजना सञ्चालन गर्ने योजना अघि बढाउने बताए । उनले निजगढलाई पर्यटन विकास गरेर समृद्ध बनाउन योजना अघि बढाउने बताए ।

घरदैलोमा मन्त्री चौधरीसहित प्रदेश सभाका उम्मेदवार रमेश दंगालसमेत सहभागि थिए ।

हेर्नुस् भिडियो :

https://www.facebook.com/faraknepaltv/videos/1336842537052954

nijgadh-supermart-adz1200-630