जर्जिया मेलोनी बन्दै इटालीको पहिलो महिला प्रधानमन्त्री
वि.सं.२०७९ असोज १० सोमवार ०८:५३
Leader of Italian far-right party "Fratelli d'Italia" (Brothers of Italy), Giorgia Meloni waves as she delivers a speech on September 23, 2022 at the Arenile di Bagnoli beachfront location in Naples, southern Italy, during a rally closing her party's campaign for the September 25 general election. (Photo by Andreas SOLARO / AFP)
काठमाडौं । इटाली सम्पन्न चुनावमा अति दक्षिणपन्थी पार्टी ब्रोदर्स अफ इटाली विजयउन्मुख छ र सो पार्टीकी नेतृ जर्जिया मेलोनी देशको पहिलो महिला प्रधानमन्त्री बन्ने बाटोमा छन् । निर्वाचनपछिको मत सर्वेक्षणहरुले उनको पार्टी विजयउन्मुख देखाएका हुन् ।
कन्सोर्जियो ओपिनियो इटालिया पुल फर राइको मत सर्वेक्षणअनुसार दक्षिणपन्थी गठबन्धनले ४१–४५ प्रतिशत र वाम गठबन्धनले २५–२९ प्रतिशत मत ल्याएको छ । सन् २०१८ को निर्वाचनमा उनको पार्टी ब्रोदर्स अफ इटालीले कुल मतको ४ दशमलब ३ प्रतिशत मत प्राप्त गरेको थियो । चार वर्षपछि उनको पार्टीले २२ दशमलब ५ देखि २६ दशमलब ५ प्रतिशत ल्याएर विजयी हुँदैछ र मेलोनी देशको पहिलो महिला प्रधानमन्त्री बन्दैछिन् । ऊर्जा संकट र उच्च मुद्रास्फीतिबाट सम्भावित मन्दीबाट जोगाउनु मेलोनीका लागि चुनौती हुनेछ ।
वि.सं.२०७९ असोज १० सोमवार ०८:५३
















