skip this

शेयर बजारमा चलखेल गरेर गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा न्यौपानेविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा

1.34K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-शेयरको भित्री कारोबार (इनसाईड ट्रेडिङ) गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले रिडी पावर कम्पनीका पूर्वअध्यक्ष गुरुप्रसाद न्यौपानेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

कम्पनीको भित्री सूचनाका आधारमा शेयर खरिद बिक्री गरी गैरकानूनी लाभ लिएको आरोपमा विभागले निजी क्षेत्रका उर्जा उत्पादक न्यौपानेविरुद्ध मुद्दा दायर गरेको हो ।

विभागले उनीमाथि एक करोड ९९ लाख रुपैंया विगो मागदावी गरेको छ । विभागले गत २३ कार्तिकमा नै न्यौपाने विरुद्धको मुद्दा विशेष अदालतमा दर्ता गरेको हो ।

nijgadh-supermart-adz1200-630