skip this farak Kura Pravakar

भरतपुर महानगरद्वारा प्रहरीलाई खोज तथा उद्धार सामग्री हस्तान्तरण

528 shares
oil-nigam-amlekhgunj-adv.jpeg

चितवन – भरतपुर महानगरपालिकाले जिल्ला प्रहरी कार्यालय चितवनलाई खोज तथा उद्धार सामग्री हस्तान्तरण गरेको छ ।

महानगर प्रमुख रेनु दाहालले जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीलाई हस्तान्तरण गरेकी थिइन् ।

सामग्री हस्तान्तरण गर्दै दाहालले प्रहरीलाई विपद्को समयमा खोज तथा उद्धारमा सहयोग पुगोस् भनेर सामग्री हस्तान्तरण गरिएको जानकारी दिईन् ।

प्रहरीलाई आवश्यक सहयोग र परामर्श गर्दै आएको बताउँदै उनले प्रहरीलाई सबैले सहयोग गर्नुपर्ने बताईन । उनले भनिन्, “समाजमा हुने कुनै पनि घटना न्यूनीकरणमा सबैले सहयोग गर्नुपर्छ ।”

वर्षालगायत विपद्का समयमा आवश्यक पर्ने सामग्री हस्तान्तरण गरिएको उनले बताईन । प्रहरी कार्यालयका प्रमुख कार्कीले सहयोग स्वरुप प्रदान गरिएको सामग्रीको सही उपयोग हुने बताए ।

कार्यक्रममा लक क्यारोविन, वयस्ट हार्नेस, टेप सिलिङ, स्मल ड्राई व्याग, वाटर ग्लासलगायतका २२ प्रकारका सामग्री हस्तान्तरण गरिएको थियो ।

रु छ लाख ६६ हजार तीन सय ८३ बराबरको सामान खरिद गरि हस्तान्तरण गरिएको हो ।

#rescue_equipment #police #Bharatpur_Metropolis

nijgadh-supermart-adz1200-630