skip this farak Kura Pravakar

निजगढमा रक्तसञ्चार केन्द्र स्थापना हुने

1.39K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको निजगढमा रक्तसञ्चार केन्द्र स्थापना हुने भएको छ ।

नेपाल रेडक्रस सोसाइटी निजगढ, उपशाखाले मधेस प्रदेश सरकारको आर्थिक सहयोगमा रक्तसञ्चार केन्द्र स्थापना गर्न लागेको छ ।

उपशाखाको २७ ओैं वार्षिक साधारणसभामा सभापति नारायण प्रसाद शर्माले प्रदेश सरकारको २५ लाख बजेट बिनियोजन भएको जानकारी दिए ।

जिल्ला जनस्वास्थ्य कार्यालयसँग सम्झौता गरेर प्रदेशबाट विनियोजित बजेटबाट काम सुरु गर्ने योजना रहेको छ ।

डिपिआर अनुसार निर्माण सम्पन्न हुन ७६ लाख बजेट आवश्यक पर्नेछ ।

सहयोग गर्ने प्रतिबद्धता

साधारण सभामा सहभागिले रक्तसञ्चार केन्द्र स्थापना गर्ने निर्णयको प्रशंसा गर्दैै आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

मधेस प्रदेशकी सांसद मिना लामाले आगामी आर्थिक वर्षमा रक्तसञ्चार केन्द्रलाई प्राथमिकतामा राखेर बजेट छुट्याउन पहल गर्ने प्रतिवद्धता जनाईन् ।

कार्यक्रममा सम्बोधन गर्दै रेडक्रसका केन्द्रीय सदस्य सपुतबहादुर कार्कीले चुनौतिपूर्ण कार्य थाल्ने लागेको भन्दै महत्वपूर्ण कार्यको लागि सफलताको कामना गरेका थिए ।

समाजसेवी सावित्रि भारती, रामहरी खरेल लगायतले शुभकामना मन्तव्यका क्रममा रक्तसञ्चार केन्द्र स्थापनाका लागि समुदायदेखि आवश्यक निकायसम्म सहयोग गर्न भूमिका खेल्न तयार रहेको बताएका छन् ।

समाजसेवी सावित्री भारती शुभकामना मन्तव्य राख्दै ।

यसैविच साधारण सभाले कोषाध्यक्ष हरिप्रसाद न्यौपानेले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र सचिव मोहन डिसीले पेश गरेको वार्षिक प्रगति प्रतिवेदन र कार्ययोजना प्रतिवेदन सर्वसम्मतले पारित गरेको छ ।

उपशाखा सभापति शर्माको अध्यक्षतामा भएको कार्यक्रमा संचालन संथाका सल्लाहकार बद्री चिमरिया र स्वागत गंगा शिवाकोटीले गरेकी थिईन् ।

रेडक्रसद्धारा सम्मान

संस्थाले प्रदेश सांसदमा निर्वाचित भएको भन्दै सांसद लामा र केन्द्रीय सदस्यमा निर्वाचित भएकोमा कार्कीलाई बधाई ज्ञापनसहित सम्मान गरेको छ ।

आँखा अस्पतालको सम्मान

यसैविच साधारण सभाको अवसरमा निजगढ तिलगंगा सामुदायिक अस्पतालले विभिन्न संघसंस्थालाई सम्मान गरेको छ ।

सम्मानपत्र ग्रहण गर्दै मेची महाकाली बुहारी संयुक्त आवाजकी बारा अध्यक्ष चन्द्रिका मगर ।

शिविरमा सहयोगी भूमिका खेलेको भन्दै मेची महाकाली बुहारी संयुक्त आवाज बारा, गौरीशंकर क्याम्पस, साथी साथ युवा क्लब लगायतलाई सम्मान गरिएको हो ।

nijgadh-supermart-adz1200-630