सगरमाथा साकोसले गर्यो निजगढको सेवा घरलाई ब्याङकेट सहयोग

वि.सं.२०८० कात्तिक २४ शुक्रवार २१:५१
2.03K
shares

बारा–बाराको निजगढ–७ शहीदचोकमा सञ्चालिन सगरमाथा बचत तथा ऋण सहकारी संस्थाले मानव कल्याण संस्थाद्धारा सञ्चालित सेवा घरलाई ब्याङकेट सहयोग गरेको छ ।
निजगढ ४ मा सञ्चालित सेवा घरमा पुगेर संस्थाले तीन थान ब्याङकेट हस्तान्तरण गरेको हो । सहकारीको २४ औं स्थापना दिवसको अवसरमा संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत सडक मानवको आश्रयस्थलको रुपमा सञ्चालित सेवा घरमा सहयोग गरिएको अध्यक्ष भोलाप्रसाद गौतमले जानकारी दिए ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष हरिमैया उपाध्याय पोखरेल, सचिव बोधप्रसाद चौलागाई, सञ्चालक सुदिप तिमल्सिना, रमेशप्रसाद गौतम, लेखा संयोजक रुद्र धिताल, व्यवस्थापक हरि पण्डित लगायतको सहभागिता रहेको थियो ।
निजगढमा सेवा घर सञ्चालन : धमाधम सडक मानव उद्वार, जुट्दै सहयोगी हात

वि.सं.२०८० कात्तिक २४ शुक्रवार २१:५१