skip this farak Kura Pravakar

बारामा एमालेको शक्ति प्रदर्शन : पालिकास्तरमा मोटरसाइकल र्‍यालीदेखि जनप्रदर्शनसम्म

924 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-बाराको १६ वटै पालिकाम नेकपा (एमाले) ले शक्ति प्रदर्शन गरेकाे छ ।

लाल झण्डा बोकेर मोटरसाइकलमा नारा लगाउँदै सयाैं नेता, कार्यकर्ता मोटरसाइकल र्‍यालीमा सहभागी भएका थिए ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) निजगढ नगर कमिटीले निजगढमा आयोजना गरेको शक्ति प्रदर्शन निजगढ शहीद चौकबाट सुरु भएको मोटरसाइकल र्‍यालीले नगरका मुख्य सडक परिक्रमा गर्दै पुनः शहीद चौकमै कोणसभामा परिणत भएकाे थियाे ।

काेणसभालाई एमाले पाेलिटब्यूराे सदस्य पुरुषाेत्तम पाैडेलले सम्बाेधन गर्दै “संविधानको रक्षा र लोकतन्त्रको जगर्नाका लागि” पार्टीको संगठन मजबुत बनाउने र आसन्न राजनीतिक परिवर्तनका लागि जनता बीच प्रत्यक्ष उपस्थिति जनाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।
एमाले निजगढ नगर अध्यक्ष तिलक घलानकाे अध्यक्षतामा भएको काेण सभालाई सचिव थानेश्वर सापकाेटा अविरलले सञ्चालन गरेका थिए ।

nijgadh-supermart-adz1200-630