skip this

रतनपुरी स्वास्थ्य चौकीमा निजगढमा डेङु नियन्त्रणका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न

घर–दैलो अभियान १४ र २१ गते

780 shares
oil-nigam-amlekhgunj-adv.jpeg

निजगढ-रतनपुरी स्वास्थ्य चौकीमा डेन्गु नियन्त्रण र रोकथामका उद्देश्यले आज जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयम्‌सेविकाहरूको उपस्थितिमा “लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने तथा सामुदायिक परिचालन” सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ ।

कार्यक्रममा डेन्गु रोग फैलने प्रमुख कारण, लार्भा पत्ता लगाउने तरिका, समुदायस्तरमा अपनाउनुपर्ने सावधानी तथा घर–परिवारलाई सहभागी गराई प्रभावकारी रूपमा नियन्त्रण अभियान कसरी अघि बढाउने भन्ने विषयमा विस्तृत जानकारी गराइएको थियो ।

यसै सन्दर्भमा, आगामी मंसिर १४ गते र मंसिर २१ गते आइतबार, स्वास्थ्य टोली तथा स्वयम्‌सेविकाहरूले घर–दैलो कार्यक्रममार्फत डेन्गुको लार्भा नष्ट गर्ने विशेष अभियान सञ्चालन गर्ने भएका छन्। घरआँगन, पानी जम्मा हुने स्थान, भाँडा–ट्यांकी तथा लामखुट्टे प्रजननका सम्भावित स्थानहरूमा अनुगमन गर्दै लार्भा नष्ट गर्ने कार्यलाई तिव्रता दिइनेछ ।

स्वास्थ्य शाखाले समुदायलाई सक्रिय सहभागिताका लागि आह्वान गर्दै डेन्गु नियन्त्रणमा सबैको संयुक्त प्रयास अपरिहार्य रहेको स्वास्थ्य चौकी प्रमुख दिनेश परियारले बताए ।

nijgadh-supermart-adz1200-630