उमेर हद नलगाई ७ दिन भित्र दरखास्त फाराम भर्न दिएको समयावधि सकियो
वि.सं.२०७९ माघ १८ बुधवार २०:११
969
shares
फाइल तस्वीर
काठमाडौँ–लोक सेवा आयोगले स्थानीय तहका १० जना कर्मचारीलाई उमेर हद नलगाई सात दिन भित्र फाराम भर्न दिएको समय आज सकिएको छ ।
आयोगले बिहीबार(आज) एक सूचना जारी गर्दै विभिन्न स्थानीय तहमा कार्यरत कर्मचारीहरूलाई शाखा अधिकृत वा सो सरहको पदका लागि भएको विज्ञापनमा उमेर दह नलगाई ७ दिन भित्र आयोगको अनलाइन दरखास्त प्रणालीबाट फाराम भर्न समयावधि दिएको थियो ।
आयोगबाट भएको १६६९२–१६७०५÷२०७९–८० शाखा अधिकृतको विज्ञापनमा उमेर हदको विषयलाई लिएर परेको रिटमा सर्वोच्च अदालतले ३५ वर्षको उमेर पूरा भएको भन्ने सम्म कारणबाट उम्मेदवार हुन तथा परीक्षामा सामेल हुन दिनबाट नरोक्नु नरोकाउनु भन्ने आदेश भएको भन्दै आयोगले दरखास्त लिने भएको हो ।
वि.सं.२०७९ माघ १८ बुधवार २०:११















