skip this

तिब्र गतिको सवारी साधन सीसीटिभीबाट निगरानी, मधेस प्रदेशमा तीन हजार सवारीमाथि कारवाही

3.9K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा । पूर्व–पश्चिम लोकमार्गमा सीसीटिभी फुटेज मार्फत ट्राफिक नियम उल्लंघन गर्नेउपर कारवाही सुरु गरिएको छ । मधेश प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया बाराले दिएको जानकारी अनुसार तीव्र गतिका सवारीसाधनहरुमाथि निगरानी गरी क्यामराको माध्यमले पहिचान गरी कारवाही गर्ने प्रक्रिया सुरु भएको छ ।

सवारी दुर्घटना न्यूनीकरण अभियान अन्तर्गत मधेश प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया बाराले पथलैया, जिल्ला ट्राफिक प्रहरी सप्तरी, सिरहा, महोत्तरी, र बारा गरी पाँच स्थानमा मार्गमा निगरानीका निम्ति सीसीटिभी विथ राडार गन जडान गरिएको छ ।

यसै सीसीटिभीको फुटेज मार्फत चालु आर्थिक वर्षको फागुनदेखि सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ को परिच्छेद–३ को नियम १८ उपनियम ५ मा व्यवस्था भएभन्दा बढी गतिका सवारी साधनलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम कारबाही सुरु गरिएको छ ।

राडार गन डिस्प्लेसँग सीसीटिभीको माध्यमले बढी गतिका यात्रु बाहक बस, मिनिबस, सुमो, प्राईभेट (निजी) कार जिप, मोटरसाइकल, मालबाहक ट्रक, ट्रिपर, ट्याक्टर गरी ६ सय ८६ सवारी साधनउपर कारवाही गरिएको मधेश प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया बाराका प्रहरी उपरीक्षक नान्कीराज गुरुङ्गले जानकारी दिए । उनले दिएको जानकारी अनुसार यात्रुबाहक बस, मिनि बस, सुमो १६०, कार जिप ५०१, मोटरसाइकल २१ र मालबाहक ट्रक, ट्रिपर, ट् याक्टर सहितका सवारी साधनहरु कारवाहीमा परिसकेका छन् ।

तीव्र गतिका सवारी उपर गरिएको दण्ड जरिवाना कारवाहीबाट चार लाख २७ हजार राजस्व असुली भएको उनले जानकारी दिए । त्यसैगरी, दुर्घटना न्यूनीकरण गर्न गत साउनदेखि चैतसम्ममा ह्यान्ड हेल्ड राडार गनबाट गरिएको कारवाहीमा तीन हजार ८ सय ६० वटा सवारीसाधन परेको छ ।


यात्रुवाहक बस, मिनि बस, सुमो ३८४, निजी कार जिप ५०७, मोटरसाइकल दुई हजार ५९२ र मालबाहक ट्रक, ट्रिपर, ट्याक्टर ३७८ गरी कूल तीन हजार ८ सय ६० वटा सवारी कारवाहीमा परेको उनले बताए । जरिवाना वापत ४२ लाख २६ हजार ५ सय रुपियाँ राजस्व समेत संकलन भएको जनाइएको छ ।

nijgadh-supermart-adz1200-630