दोस्रो कालिङ्गपोङ्ग अन्तर्राष्ट्रिय तेक्वाण्डो च्याम्पियनसिपमा स्वर्ण पदक विजेता रुबेललाई गृह नगरमा सम्मान

वि.सं.२०८१ माघ ६ आइतवार १२:५२

निजगढ–भारतको कालिङ्गपुङ्गमा भएको अन्तर्राष्ट्रिय स्तरको तेक्वाण्डो प्रतियोगितामा स्वर्ण पदक विजेता निजगढ नगरपालिका वडा नम्बर ६ का १० वर्षिय रुवेल तिमल्सिना गृह नगरमा सम्मानित भएका छन् ।
वडा कार्यालयमा निजगढ नगरपालिका ६ नम्बर वडा कार्यालयले नगद पुरस्कारसहित तेक्वान्दो खेलाडी तिमल्सिनालाई सम्मान गरेको छ ।
कार्यक्रमा वडा अध्यक्ष घनश्याम तिमल्सिनाले रुबेललाई ६ हजार नगद राशीसहित सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान गरेका हुन् ।
कार्यक्रममा वडा कार्यालयका सचिव सुजित कर्ण, वडा सदस्यहरु केशव अधिकारी, आशा श्रेष्ठ, मिना सुनार, कृष्णबहादुर मोक्तन, गौरीशंकर माध्यमिक विद्यालय सडकटोलका प्रधानाध्यापक यादवकुमार तिमल्सिना, रुबेलका बुबा कमल, हजुरआमा होमकुमारी, पूर्ववडा सदस्य रामप्रसाद हुँमागाईलगायतको उपस्थिति रहेको थियो ।
गत महिना भएको दोस्रो कालिङ्गपोङ्ग अन्तर्राष्ट्रिय तेक्वाण्डो च्याम्पियनसिपको २२ केजी तौल समुहमा नेपालको तर्फबाट स्वर्ण पदक जितेका थिए ।
गौरीशंकर माध्यमिक विद्यालय सडकटोलको कक्षा ५ मा अध्ययनरत रुबेल निजगढ ९ को जनज्योति तेक्वाण्डो डोजाङ्गमा आवद्ध छन् ।

वि.सं.२०८१ माघ ६ आइतवार १२:५२