आँबुखैरेनी गाउँपालिकामा घर नक्सा सेवा नि:शुल्क
नि:शुल्क नक्सा हस्तान्तरण सुरु

वि.सं.२०७९ पुस २० बुधवार ०५:५०
240
shares

काठमाडौ-तनहुँको आँबुखैरेनी गाउँपालिकाले नि:शुल्क घर नक्सा सेवा सुरु गरेको छ।
मंगलबार वडा नं.३ की मनमाया थापा र अनिता थापालाई घरको नि:शुल्क नक्सा हस्तान्तरण गरेर सेवा सुरु गरिएको गाउँपालिकाले जनाएको छ।
आर्थिक वर्ष ०७९/०८० को नीति तथा कार्यक्रमबमोजिम कार्यक्रम कार्यान्वयन सुरु गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।
कार्यक्रममा पालिका अध्यक्ष चुमान, उपाध्यक्ष दुर्गा अर्याल, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्मा, लेखा अधिकृत नारायणप्रसाद ढकाललगायत उपस्थित थिए ।

वि.सं.२०७९ पुस २० बुधवार ०५:५०