skip this farak Kura Pravakar

दलित समुदायको सहभागिता सुनिश्चितताको लागि प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश

1.51K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौं–दलित समुदायका सांसदको एक टोलीले प्रतिनिधि सभाको कार्यव्यवस्थामा शाखामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गरेका गराएका छन् ।

निर्वाचनमा दलित समुदायको समानुपातिक सहभागिता सुनिश्चितता गर्ने सन्दर्भमा सांसदहरुले जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गरेका छन् ।

संघको प्रत्यक्ष निर्वाचनमा दलित समुदायको जनसंख्याको अनुपातमा दलले दलित समुदायवाट अनिवार्य उम्मेदवार बनाउनु पर्ने नीतिगत व्यवस्था गर्नु प्रस्तावमा माग गरिएको छ ।

प्रस्ताव दर्ता गराउनेमा सांसद बिमला बिक, लक्ष्मी परियार, पार्वती कुमारी बिशंखे, प्रकाश रसाइली स्नेही, निरादेवी जैरु, बिमला नेपाली, दर्गा कुमारी बिश्वकर्मा लगायत छन् ।

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा दलहरूले दलित समुदायको अर्थपूर्ण प्रतिनिधित्व गराउन उम्मेदवारी छनोटका सन्दर्भमा अभियान थालेका हुन् ।
उम्मेदवार छनोट गर्दा पार्टीमा राजनीतिक योगदान भएका र सक्षम दलितहरूलाई अघि बढाइ समानुपातिक समावेशीसम्बन्धी संवैधानिक व्यवस्थाको मर्मानुरूप कार्यान्वयन गर्न दलहरु तयार नभएपछि गुनासो हुदैँ आएको छ ।

nijgadh-supermart-adz1200-630