skip this hetauda tech

आफैले पारित गरेको सम्पती करको दरमा किन हुदैँछ जीतपुरसिमरामा विरोध ?

उपमेयर अधिकारी भन्छन्–बुझाईमा समस्या भयो

2.27K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौं–पथलैया–वीरगञ्ज औंद्योगिक करिडोरमा रहेको एउटा पालिका होे– जीतपुरसिमरा । यो करिडोरमा पर्ने जीतपुरसिमरा र वीरगञ्ज महानगरपालिकाको सिमासमेत कुन कता भनेर छुट्याउन अलमल हुन्छ तर यहाँका नगरवासीले तिर्ने सम्पती करको दरभने निकै अन्तर देखिएको छ ।

त्यहि सम्पती करको विषयलाई लिएर बाराको जीतपुरमा रहेको जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालयमा विहीबार विरोधमा प्रदर्शनको भएको छ । जसको नेतृत्व सोही वडाका अध्यक्ष सुनिल गुप्ताले गरेका थिए ।

गुप्तासहितका नगर सभाका सदस्यले पारित गरेको आर्थिक वर्ष २०७९।८० को आर्थिक विधेक र विनियोजन विधेकले समेटेको सम्पती करको विहीबार विरोध भएको हो ।
नगर सभाले विगतका आर्थिक वर्षहरुमा विवादित बनेको सम्पत्ति करको विषयलाई सरोकारवालाहरुसँग सुझाव संकलन गर्दै छिमेकी उपमहानगरपालिकाको करको दरको समेत तुलनामा कम कर निर्धारण गरिएको चर्चा सेलाउन नपाउँदै त्यसको विरोध भएको हो ।

यस्तो छ करको दर

जीतपुरसिमराले अघिल्लो आर्थिक बर्ष २०७८।७९ मा रु ५० लाख सम्मको सम्पत्तिमा ०.१५ प्रतिशतका दरले हुन आउने कूल कर रकम रु ६१०० तोकेकोमा आ.व. २०७९।८० को लागि रु ५०० तोकेको छ र सो बमोजिम एकमुष्ट कर रु ६०० हुन आउँछ । तर वीरंगज महानगरले सोही रकम रु ५० लाखको सम्पत्तिको लागी आ.व. २०७९।८० मा ०.०५ प्रतिशत तोकेको छ र सो बमोजिम एकमुष्ट कर रु २२०० कर तिर्नुपर्ने हुन्छ जुन जीतपुरसिमरा भन्दा धेरै देखिन्छ ।

जीतपुरसिमराले अघिल्लो आर्थिक वर्ष २०७८।७९ मा रु १ करोड सम्मको सम्पत्तिमा ०.२० प्रतिशतका दरले हुन आउने कुल कर एकुमुलेटेड रकम रु १६,१०० तोकेकोमा आ.व. २०७९।८० को लागी रु १००० तोकेको छ र सो बमोजिम एकुमुलेटेड कर रु १६०० हुन आउँछ । तर वीरञ्गजले सोहि रकम रु १ करोड सम्पत्तिको लागि आ.व. २०७९।८० मा ०.१० प्रतिशत तोकेको छ र सो बमोजिमको एकुमुलेटेड रकम रु ७२०० कर तिर्नुपर्ने हुन्छ जुन जीतपुरसिमरा भन्दा धेरै देखिन्छ ।

त्यसैगरी, जीतपुरसिमराले अघिल्लो आर्थिक बर्ष २०७८।७९ मा रु ५ करोड सम्मको सम्पतीमा ०.३० प्रतिशतका दरले हुन आउने कुल एकुमुलेटेड कर रकम रु १,३१,१००।०० तोकेकोमा आ.व. २०७९।८० को लागी रु ५००० तोकेको छ र सो बमोजिम एकुमुलेटेड कर रकम रु ९६०० हुन आउछ । तर बिरंगजले सोहि रकम रु १ करोड सम्पतीको लागी आ.व. २०७९।८० मा ०.५० प्रतिशत तोकेको छ र सो बमोजिमको एकुमुलेटेड रकम रु १,८२,०००।०० कर तिर्नुपर्ने हुन्छ जुन जीतपुरसिमरा भन्दा धेरै धेरै देखिन्छ ।

यसै आ.व. २०७९।८० को लागी ल्याईएको सम्पतीकर झट्ट हेर्दा उपमहानगरपालिले करको दायरा बढाउनमा जोड दिएको देखिन्छ । तुलनात्मक हिसावले हेर्दा समेत वीरगञ्ज भन्दा धेरैनै सहुलियत किसिमको सम्पत्ति कर उपभोक्ता तथा व्यवसायीहरुको लागि ल्याईएको देखिएको कर सम्बन्धि जानकारहरुको भनाई छ ।

किन विरोध ?

जीतपुरका व्यवसायीले जीतपुरमा शान्तिपूण विरोध प्रदर्शन गरेका छन् । जीतपुरसिमरा उपमहानगरपालिकाले अव्यवहारिक रुपमा कर बढाएको उनीहरुको आरोप छ । उनीहरुले बढाइएको कर खारेज गर्न माग गरेका छन् ।
जीतपुरको माछा बजारबाट शुरु भएको शान्तिपूण विरोध ¥याली जीतपुर बजारको परिक्रमा गर्दै जिरो किलोमिटर एमाले चोकमा आएर कोण सभामा परिणत भएको थियो ।
कोण सभामा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सुनिल गुप्ताले नगर कार्यपालिकाले सबै करलाई व्यवहारिक गर्ने गरी लागु गर्न निर्णय गरेपनि त्यो अनुसार मेयरले लागु हुन नदिएको आरोप लगाए ।
उनले नगरपालिकाले लागु गरेको १००० प्रतिशत सम्पती करलाई कम गर्ने, सटर भाडा कम गर्ने जस्ता निर्णय गरपनि मेयरको निर्देशनले लागु हुन नसकेको बताए ।

बुझाईमा समस्या : उपमेयर
करको दर निर्धारण गर्ने आर्थिक विधेक र विनियोजन विधेक नगर सभामा प्रस्तुत गरेका उपमेयर भोला अधिकारी सम्पती करको विषयमा बुझाईमा समस्या भएकाले विरोध भएको बताउँछन् ।
गत आर्थिक वर्षको तुलनामा यो आर्थिक वर्षमा कर निर्धारणमा निकै अन्तर रहेको बताउँदै न्यूनतम कर निर्धारण गरिएको उपमेयर अधिकारीले कर समायोजन गरिएकाले कार्यालयमा सम्पर्क गरेर जानकारी लिन आउन आह्वान गरे ।

nijgadh-supermart-adz1200-630