आज सुनको मुल्यमा गिरावट, कति पुग्यो तोलाको ?
वि.सं.२०७९ वैशाख १३ मंगलवार ११:२७
2.73K
shares

काठमाडौं । आज नेपालस सुन,चाँदी बजारमा सुनको मुल्य तोलामा नौ सय रुपैयाँले घटेका छ । आज छापावाल सुनको मुल्य तोलाको ९९ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन तोलाको एक लाख दुई सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुनको मुल्य तोलाको ९८ हजार आठ सय रुपैयाँ निर्धारण गरिएको छ । चाँदीको मुल्य भने आज भने स्थिर नै रहेको छ । सोमबार एक हजार तीन सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि एक हजार तीन सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
वि.सं.२०७९ वैशाख १३ मंगलवार ११:२७

















