कर्णालीमा चार महिलाले दिए मेयरमा उम्मेदवारी
वि.सं.२०७९ वैशाख १३ मंगलवार ११:४६

काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि सोमबार मनोनय दर्ता भएको छ । यसैक्रममा कर्णाली प्रदेशका चार महिलाले मेयरमा उम्मेदवारी दिएका छन् । कर्णालीका १० जिल्लाका ७९ पालिकामध्ये चार नगरपालिकाको मेयरमा महिलाको उम्मेदवारी परेको हो । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, दैलेखको नारायण नगरपालिका तथा कालीकोटको रास्कोट र कालिकोटको खाडाँचक्र नगरपालिका मेयरमा महिलाले उम्मेदवारी दिएका हुन् ।
वीरेन्द्रनगरमा एमालेबाट मोहनमाया ढकाल, नारायणमा कांग्रेसबाट निर्मला खड्का र खाँडाचक्रका कांग्रेसकी तारा शाहीले उम्मेदवारी दिएका हुन् । रास्कोटमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा नेतृ धिरिन्द्रा उपाध्याय (भृकुटी)ले स्वतन्त्रबाट उम्मेदवारी दिएकी छन् ।ढकाल यसअघि वीरेन्द्रनगरको उपमेयर थिइन् भने खड्का यसअघि वडा सदस्य थिइन् ।
वि.सं.२०७९ वैशाख १३ मंगलवार ११:४६

















