कार्यसम्पादन मूल्याङ्कन पुनरावलोकनकाे नतिजा सार्वजनिक ! बाराकाे कुन पालिकाकाे कति अङ्क ?
वि.सं.२०८० चैत ४ आइतवार ०९:२७

बारा-राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग कार्यसम्पादन मूल्याङ्कन पुनरावलोकनकाकाे नतिजा सार्वजनिक भएको छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले कार्यसम्पादन मूल्याङ्कन वापत प्रदेश सरकार र स्थानीय तहले प्राप्त गरेको अङ्क सम्बन्धी विवरण ८ फागुनमा प्रकाशित गरेकाे थियाे ।
नेपाल सरकारबाट आ.व. २०८१/८२ मा आयोगको सिफारिशमा उपलब्ध गराइने वित्तीय समानीकरण अनुदान अन्तर्गत कार्यसम्पादन मूल्याङ्कन वापत प्रदान गरिने अनुदानका लागि प्रदेश र स्थानीय तहले कार्यसम्पादन सूचक वापत प्राप्त गरेको अंकको नतिजा प्रकाशित भएपछि पुनरावलोकनका लागि सात दिनको समय दिईएकाे थियाे ।
आयाेगले एक साता अवधिमा प्राप्त निवेदन माथि कारवाही भई प्राप्त हुन आएको अन्तिम नतिजा सहितको विवरण शुक्रबार प्रकाशित गरेकाे ।
अन्तिम नतिजामा पहिले प्रकाशित विवरण भन्दा अंक सुधार भएको पाईएकाे छ । आवश्यक कागजात छुटेकाे कारण कम अंक प्राप्त गरेका स्थानीय तहकाे अन्तिम नतिजामा बृद्वि भएको छ ।
कुन पालिकाकाे कति अङ्क ?
बाराकाे १६ स्थानीय तहमा सबै बढी परवानीपुर गाउँपालिका र सबैभन्दा कम बारागढीले अंक पाएको छ ।
निजगढ नगरपालिकाले ४३.४६ अंक, कोल्हवी नगरपालिकाले ४१.०६, जीतपुर सिमरा उपमहानगरपालिकाले ५५.००, परवानीपुर गाउँपालिकाले ६६.४७, प्रसौनी गाउँपालिकाले ४४.८६, विश्रामपुर गाउँपालिकाले ४४.५१, फेटा गाउँपालिकाले ३९.०८, कलैया उपमहानगरपालिकाले ६४.९३ अंक पाएको छ ।
त्यस्तै करैयामाई गाउँपालिकाले ४७.१२, बारागढी गाउँपालिकाले ३९.००, आदर्श कोटवाल गाउँपालिकाले ४०.५६, सिम्रौनगढ नगरपालिकाले ३४.०१, पचरौता नगरपालिकाले ३९.६४, महागढीमाई नगरपालिकाले ४८.९१, देवताल गाउँपालिकाले ३९.७७, सुवर्ण गाउँपालिकाले ३९.४७ अंक पाएको छ ।

वि.सं.२०८० चैत ४ आइतवार ०९:२७

















