skip this

एक दिनको फरकमा श्रीमान्–श्रीमतीको निधन, एउटै चितामा अन्त्येष्टि

3.46K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ–मोरङको सुन्दरहरैँचा–१० निवासी एक वृद्ध दम्पतीको एक दिनको फरकमा निधन भएर एउटै चिता तथा घाटमा दाहसंस्कार गरिएको छ ।

विराटनगरको नोबेल अस्पतालमा ८९ वर्षको उमेरमा मङ्गलबार पदमबहादुर बुढाथोकीको निधन भएको थियो । त्यसको भोलिपल्ट बुधबार ७९ वर्षको उमेरमा पत्नी शिवमाया बुढाथोकीको निधन भएको हो ।

पदमबहादुरको शवयात्रा बेलबारीको लोहान्द्रा खोलामा पुगेर अन्तिम दाहसंस्कारका लागि तयारी गर्दा बेहोस भएर श्रीमती शिवमायाको निधन भएको स्थानीय शिक्षासेवी अर्जुन बस्नेतले जानकारी दिए। उनले बुढाथोकी दम्पतीको एउटै समय तथा एकै चिता र घाटमा अन्त्येष्टि गरिएको बताए ।

विवाह गर्दा सँगै मर्ने तथा सँगै बाँच्ने वाचाकसम खाएका श्रीमान् श्रीमतीमा यस्तो निधनको संयोग विरलै मात्र हुने स्थानीयवासीले बताएका छन् ।

nijgadh-supermart-adz1200-630