skip this

चैत ५ गते स्ववियु निर्वाचन, यस्तो छ कार्यतालिका

1.62K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं–आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदैछ। त्रिभुवन विश्वविद्यालयले निर्वाचनको कार्यतालिका बिहीबार सार्वजनिक गरेको छ ।

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सार्वजनिक गरेको तालिका अनुसार फागुन २१ गते मतदाता सूची प्रकाशन गरिने उल्लेख छ । यस्तै फागुन २५ गते मतदाता सूचीमा दाबीविरोधको समय तोकिएको छ ।

यस्तै फागुन २६ गते उम्मेदवारको मनोनयनपत्र वितरण गर्ने कार्यतालिका छ । फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

फागुन २८ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको नामावलीमाथि दाबी–विरोध र फागुन २८ गते साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।

चुनाव प्रचार–प्रसारका लागि फागुन २९ गतेदेखि चैत २ गते राति १२ बजेसम्मको समय तोकिएको छ। त्यस्तै चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदानको समय तोकिएको छ ।

कार्यतालिका :

nijgadh-supermart-adz1200-630