skip this

शासक होइन, जनताको सेवक भएर काम गर्न चाहन्छु– राजेन्द्र राई

1.3K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको सर्गर्मी धनकुटा देखिन थालेको छ । संघका उमेद्वार राजेन्द्र राई,प्रदेश नं १ क्षेत्र (क) का प्रत्यक्ष उमेद्वार निरन राई तथा समानुपातिक उमेद्वार मन कुमारी तितुङले साँगुरिगढी गाउँपालिका वडा नं ५ र ६ मा जनता सँग भेटघाट र छलफल गरेका छन् ।उमेद्वारहरुले फेदि,सिम्सुवा,नमस्ते झरना,भेडेटार,नाम्जे,ओख्रे,डाँडाबजार लगाएतका स्थानमा पुगी जनता सँग भेटघाट गरेका छन् ।

उक्त भेटघाटमा राजेन्द्र राईले आफुले अघिल्लो कार्याकालमा विध्यालय भवन निर्माण,स्वास्थ्य चौकी,खानेपानी,पुल,सहकारी संस्था,बैंक,होमस्टेको संचालन,पर्यटकिय गन्तव्यहरुको बिकास लगाएतका विकासका पुर्वाधार निर्माण गरेर जनता सँग गरेको वाचा पूरा गरेको र नयाँ आयोजना तथा पुराना कार्य सम्पादन गर्नका लागी नेकपा एमालेलाई मतदान गरि विजयी गराउन जनताहरुसँग आव्हान गरेका छन् । साथै उनले आफ्नो कार्याकालमा सुशासन कायम गर्न सकेको मा खुसी व्यक्त गर्दै यदि आफुबाट केही कमि कमजोरी भएको भए जनताहरुलाई माफी दिन अनुरोध गर्दै आगामी दिनमा समृद्ध धनकुटा,सुखी धनकुटेली निर्माणको अभियानमा साथ दिन जनताहरुलाई अनुरोध गरेका छन् ।

आफ्नो भनाइ राख्ने क्रममा नेताहरुले अब आफुहरुले जित्ने निश्चित भएको र जिते पश्चात् नमस्ते झरनामा पार्किङ को व्यवस्था गर्ने,नाम्जेको कला र सस्कृती लाई विश्वव्यापी बनाउन पहल गर्ने,स्तरिय सडकहरुको निर्माण गर्ने,आधुनिकता झल्किने, ऐतिहासिकता टल्किने योजना सहित धनकुटालाई नेपालको उत्कृष्ट पर्यटकिय स्थल बनाइ आन्तरिक तथा वाह्य पर्यटकहरुको पहिलो रोजाइ बानाउन अधिकतम पहल गर्ने बताएका छन् । नेता राजेन्द्र राईले आफू सधैँ जनताको साशक नभई सेवक भएर काम गर्ने बताएका छन् ।

nijgadh-supermart-adz1200-630