skip this

गोरखा–२ बाट प्रचण्ड प्रत्यासी बन्ने निर्णयको म अन्तरहृदयदेखि स्वागत गर्दछु –बाबुराम भट्टराई

1.04K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई चुनाव जित्नको लागि नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले अग्रिम शुभकामना दिएका छन् ।प्रचण्डले चितवन–३ छाडे, गोरखा–२ वाट निर्वाचन लडने भएपछि भट्टराईले सामाजिक सञ्जाल मार्फत स्वागत सहित शुभकामना दिएका छन् ।

गोरखा–२ बाट यसअघि बाबुरामले चुनाव जित्दै आएका थिए । भट्टराईले दाहालले गोरखा २ बाट चुनाव लड्ने निर्णयको स्वागत गर्दै शानदार विजयको लागि अग्रिम शुभकामना दिएका हुन् ।

उनले समाजिक सञ्जालमा लेखेका छन् ,‘मैले प्रतिनिधित्व गर्दै आएको गोरखा–२ बाट यसपटक पुष्पकमल दाहाल प्रचण्ड प्रत्यासी बन्ने निर्णयको म अन्तरहृदयदेखि स्वागत गर्दछु। वर्तमान नेपाल राज्यको उद्गमथलो लिगलिगकोट समेत रहेको यस क्षेत्रबाट उहाँको उम्मेदवारी निकै ठूलो सांकेतिक महत्वको छ। उहाँको शानदार विजयको हार्दिक शुभकामना १”

nijgadh-supermart-adz1200-630