skip this

पर्सा क्षेत्र नम्बर १ को बिकासका लागि सधै तयार रहनेछु – अजय द्धिवेदी

852 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं, २१ कात्तिक । आगामी मंसिर ४ गते प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन हुन लागेको छ । उक्त निर्वाचनका लागि अहिले उम्मेदवारहरु घरदैलो कार्यक्रममा व्यस्त छन् । सोही क्रममा पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य पदका स्वतन्त्र उम्मेदवार अजय द्विवेदीले चुनावी प्रचार प्रसार अभियान अन्तर्गत घरदैलो अभियानलाई तिब्रता दिएका छन् । द्विवेदीले वीरगंज महानगरपालिका वडा नं. १३ राधेमाई स्थित घरघरमा पुगी आफूलाई मत दिएर विजयी गराउन आग्रह गरेका थिए ।आफ्नो क्षेत्रको घर घरमा पुगी ठूलाबडाहरुसँग आशिर्वाद लिनुका साथै महिला दिदी, बहिनी, आमाहरुसँग भेटघाट गर्दै आफ्नो माछा छापमा मतदान गर्न आग्रह गरेका थिए । उनले पर्सा क्षेत्र नम्बर १ को बिकासका लागि आफुलाई जिताउन आग्रह गरेका हुन ।

घरदैलो अभियानको क्रममा स्वतन्त्र उम्मेदवारी दिएका अजय द्विवेदीलाई नै आफ्नो अमूल्य मत दिएर विजयी गराउने स्थानीयहरुले प्रतिबद्धता जनाएका थिए ।विगत तीन दशक बढि राजनीतिक क्षेत्रमा योगदान पु¥याएका द्विवेदीलाई पार्टीले मूल्याँकन नगरेपछि द्विवेदीले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । पार्टी भन्दा पनि जनताको हितको लागि सदैव अगाडि रह्ने द्विवेदीलाई यस पटक आफूहरुले मत दिएर विजयी बनाउने प्रतिबद्धता जनाएका थिए ।घरदैलोकै क्रममा स्थानीयहरुले द्विवेदीलाई जितको आशिर्वाद समेत दिएका थिए ।

उनीहरुले स्वतन्त्र भएपनि स्वच्छ छवि, शिक्षित, सक्षम उम्मेदवारलाई भोट दिएर जिताउने आश्वासन दिदै जितको शुभकामना दिएका थिए ।घरदैलो अभियानको क्रममा उनलाई श्रीमती शुष्मा द्विवेदीले पनि साथ दिइरहेकी छिन् । शुष्मा द्विवेदी ठाकुरराम बहुमुखी क्याम्पसकी प्राध्यापिका हुन् भने राजनीतिक दलमा आबद्ध हुनुका साथै सामाजिक कार्यमा सदै अग्रसर रहँदै आएकी छिन् ।

उनको सामाजिक कार्यले पनि उनका श्रीमान अजय द्विवेदीलाई भोट जाने यस क्षेत्रका जनताहरुको भनाई छ ।शुष्मा द्विवेदी अहिले श्रीमान्लाई जिताउन लागि परेकी छिन् । श्रीमान्ले नेपाली काँग्रेसमा आफ्नो राजनीतिक जीवन नै समर्पण गरिसकेको अवस्थामा पार्टीले मूल्याँकन नगरी टिकट नदिएपछि जनताको आशा भरोसाको केन्द्रविन्दु रहेका श्रीमान्लाई जनताको सेवा गर्न मौका दिनुपर्ने भन्दै मतदाताहरुलाई आग्रह गरि रहेकी छिन् ।

nijgadh-supermart-adz1200-630