skip this farak Kura Pravakar

गोली प्रहार पछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिए इमरान खान

852 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आफूमाथि गोली प्रहार भएको तीन सातापछि पहिलो पटक सार्वजनिक कार्यक्रममा आफ्ना समर्थकहरुलाई सम्बोधन गरेका छन् । पूर्वक्रिकेटरसमेत रहेका खानले आफ्ना समर्थकहरूलाई मृत्युको डर बिना बाँच्न आग्रह गरे । नोभम्बरको पहिलो साता भएको हमलामा एक जनाको मृत्यु भएको थियो र अन्य धेरै घाइते भएका थिए । 

पूर्वप्रधानमन्त्रीको दाहिने खुट्टामा चोट लागेको थियो र उनको शल्यक्रिया गरिएको थियो । उनले वर्तमान सरकारका सदस्यहरूलाई वजिराबादमा आक्रमणको योजना बनाएको आरोप लगाएका छन् ।

रावलपिंडीमा भएको ¥यालीमा खानका समर्थकहरू हर्षोल्लासमा उत्रिएका थिए । खान भने केही समय ढिलो कार्यक्रममा उपस्थित भएका थिए ।‘तीन अपराधी’ले  आफूमाथि अर्को हत्या प्रयास गरेको उनले बताए ।आफ्नो भाषणको क्रममा खानले आफ्नो प्रधानमन्त्रीको समयमा भ्रष्टाचार नियन्त्रणमा असफल भएको स्वीकार गरे ।
 

nijgadh-supermart-adz1200-630