बाराको पचरौतामा जसपाले टुंग्यायो मेयर उपमेयरका उम्मेद्वार, यादवलाई नै मेयरमा निरन्तरता
वि.सं.२०७९ वैशाख ६ मंगलवार २२:१५
2.67K
shares

बारा । बाराको पचरौता नगरपालिकामा जनता समाजवादी पार्टी जसपा नेपालले मेयर र उपमेयरका उम्मेद्वार चयन गरेको छ ।
रमेशकुमार यादवलाई नै जसपाले मेयरमा निरन्तरता दिएको छ भने उपमेयरमा सगूफा खातुनलाई सर्वसम्मत रुपमा सिफारिस गरेको छ ।
२०७४ को चुनावमा तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट यादव मेयर चुनिएका थिए । उनले २ हजार ६४२ मत ल्याएका थिए ।
निकटम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका जलन्धर सिंह जैसवारले २ हजार १३३ मत ल्याएका थिए ।
उपमेयरमा भने तत्कालीन राष्ट्रिय जनता पार्टीबाट इन्दुकुमारी निर्वाचित भएकी थिइन् । २ हजार ५४६ मत ल्याएकी उनले संघीय समाजवादी फोरमकी ललिता कुमारीलाई ३७ मतले हराएकी थिइन् ।
वि.सं.२०७९ वैशाख ६ मंगलवार २२:१५

















