skip this

माओवादी सम्पर्क समन्वय समितिबाट सन्धिखर्कको मेयरमा खनाल र उपमेयरमा भुसालको नाम सिफारिस

3.89K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बाट अर्घखाली जिल्लाको सन्धिखर्क नगरपालिकाको मेयर र उपमेयर पदको लागि नाम सिफारिस भएको छ ।

मेयर पदको उम्मेदवारका लागि उद्यमी श्रीधर खनाल सिफारिस भएका छन् भने उपमेयरमा तारा भुसालको नाम सिफारिसमा परेको छ ।

खनाललाई नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश सम्पर्क समन्वय समिति, काठमाडौँ र सम्पर्क समन्वय विशेष प्रदेश समितिले मेयर पदको उम्मेदवारका लागि पार्टी केन्द्रीय कार्यालय समक्ष सिफारिस गरेको हो ।

विशेष प्रदेश समितिले खनाललाई उम्मेदवार बनाउन पहल गर्नका लागि माओवादी केन्द्र, अर्घाखाँची जिल्ला समन्वय समिति समक्ष पनि अनुरोध गरेको छ ।

२०५६ सालदेखि माओवादी केन्द्र (तत्कालीन नेकपा माओवादी) मा आबद्ध भई विभिन्न समितिमा रहेर काम गर्दै आएका खनालले पछिल्लो समय पार्टीको लुम्बिनी काठमाडौँ प्रदेश सम्पर्क समन्वय समितिमा आबद्ध छन् ।
समन्वय समितिमा रहेका व्यक्तिहरू उम्मेदवार बन्ने इच्छा रहेमा आफू कार्यरत कमिटीबाट सिफारिस गराई सम्पर्क समन्वय विशेष प्रदेश समितिले पार्टी केन्द्रीय कमिटीमा सिफारिस गरी पठाउनुपर्ने प्रावधान छ ।

सोही प्रावधान अनुसार खनालको नाम केन्द्रीय कमिटीमा सिफारिस गरिएको हो ।
त्यसैगरि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को सम्पर्क समन्यवन विशेष प्रदेश समितिले अर्घाखाँची सन्धिखर्कको उप–मेयर पदको उम्मेदवारको लागि तारा भुसालको नाम सिफारिस गरेको हो ।
पार्टीको लुम्बिनी प्रदेश कमिटी सदस्य भुसाल २०५८ साल देखी पार्टीमा आबद्ध भई राजनीति र समाजसेवामा सक्रिय छिन् ।
नेतृ भुसाल लायन्स क्लबमा आवद्ध भई समाजसेवामा समेत सक्रिय छिन् ।

nijgadh-supermart-adz1200-630