skip this

भारतमा चार नेपाली युवा ‘भारत गौरव सम्मान–२०२३’ बाट सम्मानित

1.58K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । भारतमा चार नेपाली युवा ‘भारत गौरव सम्मान–२०२३’ बाट सम्मानित भएका छन् । सम्मानित हुनेहरुमा पत्रकार सरोज ओझा, गायक एवम् संगितकार विनोद ढकाल, मोडल एवम् अभिनेत्री नितु कोइराला र समाजसेवी सुशिला थापा रहेका छन् ।

उनीहरुलाई विश्व मानव अधिकार परिषदले आइतबार सम्मान गरेको हो । लखनऊस्थित उर्दु एकेडेमी सभाहलमा आयोजित कार्यक्रममा भारतस्थित विभिन्न राज्य एवं नेपाललगायत विभिन्न मुलुकका नागरिकहरुलाई सम्मान प्रदान गरिएको थियो।

कार्यक्रममा कश्मिरका आइजिपी कार्फ एमएस भाटिया, आइपिएस डिआईजी सभाराज, सुजितकुमार सिंह, आइपिएस अफिसरहरु सिमआ नावी, तनुश्रीलाई लाइफटाईम एचिवमेन्ट अवार्ड समर्पण गरिएको थियो । उनीहरुलाई भारतीय टेलिभिजन कलाकार रेखा शर्मा, सामाजिक अभियन्ता एवम् कलाकार ममता राजपुत, टप न्युजकी निधी सिंहलगायतले सम्मान र अवार्ड प्रदान गरेका थिए ।

nijgadh-supermart-adz1200-630