पश्चिम नवलपरासी २ (क) मा स्वतन्त्र उम्मेदवार खड्ग बस्नेत विजयी
वि.सं.२०७९ मंसिर ७ बुधवार १९:५६
2.23K
shares

नवलपरासी-पश्चिम नवलपरासी निर्वाचन क्षेत्र २ को प्रदेशसभा (क) मा स्वतन्त्र उम्मेदवार खड्ग बस्नेत ७२ मतले विजयी भएका छन् । बस्नेत आफ्नो निकटतम प्रतिद्वन्द्वी राप्रपाका उम्मेदवार आशिष् प्रधानलाई पछाडि पार्दै ७२ मतले विजयी भएका हुन् ।
बस्नेतले १२४४९ मत पाएका छन् भने दोस्रो स्थानमा रहेका राप्रपाका उम्मेदवार प्रधानले १२३७७ पाएका हुन्। उक्त क्षेत्रमा कुल ६६ हजार ५०२ मतदाता रहेकोमा ४६ हजार ३९५ मत खसेको थियो।
वि.सं.२०७९ मंसिर ७ बुधवार १९:५६

















