बारा ४ : नेकपा (एस) का किसान श्रेष्ठ विजयी, यस्तो छ राजनीतिक यात्रा
वि.सं.२०७९ मंसिर ७ बुधवार १९:४१

बारा क्षेत्र नम्बर ४ प्रतिनिधि सभातर्फ सत्ता गठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजबादिका कृष्ण कुमार श्रेष्ठ बिजयी भएका छन् ।
श्रेष्ठले एमाले जसपा गठबन्धनकातर्फबाट उम्मेदवार बनेका एमालेका एकवाल मियालाई १० हजार ६६ मतको अन्तरले पराजित गरेका हुन् ।
श्रेष्ठले २९ हजार ५ सय ५ मत ल्याएका छन् भने एकवाल मियाँले १९ हजार ४ सय ३९ मत ल्याएका छन् ।

यस्तो छ राजनीतिक यात्रा
कृष्ण कुमार श्रेष्ठ किसान पूर्व श्रम तथा रोजगार मन्त्री हुन् । उनको जन्म २०२४ पुस ७ गते म्याग्दे गाउँपालिका १ को दबुङमा बुवा स्व. केवलबहादुर श्रेष्ठ र आमा लेसकुमारी श्रेष्ठको सन्तानको रुपमा भएको थियो ।
श्रेष्ठ पञ्चायत कालमा नै विद्यार्थी राजनीतिमा होमिएका थिए। २०३८ सालमा अनेरास्ववियुको सदस्यता लिएका श्रेष्ठले त्यसपछि विभिन्न रुपमा पार्टीगत जिम्मेवारी निभाउदै गए। प्रजातन्त्र प्राप्तिको आन्दोलनमा जेलनेल भोगे। २०५१ सालबाट पार्टी राजनीतिमा सक्रिय रहेका उनले गत चुनावमा तनहुँ–१ मा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई हराएर सांसद चुनिएका थिए ।
पौडेललाई पराजित गरेका श्रेष्ठ कांग्रेसकै सभापति शेरबहादुर देउवाको क्याबिनेटमा श्रम तथा रोजगार मन्त्री बनेका छन्। २०७४ सालको निर्वाचनमा पौडेललाई श्रेष्ठले ६८१४ मतान्तरले पराजित गरेका थिए। श्रेष्ठले ३४ हजार ४ सय ८९ मत ल्याएका थिए भने पौडेलले २७ हजार ६ सय ७५ मत पाएका थिए। श्रेष्ठ तनहुँका नाम चलेका व्यापारी हुन् ।
दमौलीमा उनको किसान हार्डवेयर चर्चित छ। त्योबाहेक हाउजिङ, रियलस्टेट, ग्यास उद्योग र होटल क्षेत्रमा पनि उनको लगानी छ। उनको आफ्नै लगानीमा क्लासिक म्याट्रेस उद्योग संचालनमा रहेको छ। श्रेष्ठ राजनीतिमा व्यस्त रहेको समयमा उनकी धर्मपत्नी अन्जु गोशेली श्रेष्ठले व्यापार व्यवसाय धानेकी छन्।
व्यापारिक पृष्ठभूमि भएकै कारण उनले कोही नेतासँग हात फैलाइरहनु पर्दैन। उनि आफै समाजसेवामा पनि सक्रिय छन्। सांसदको रुपमा प्राप्त हुने सबै तलब भत्ता जिल्लाका विभिन्न संघ संस्थालाई प्रदान गर्ने गरेका छन्। तनहुँमा विकास निर्माणको कामलाई निरन्तरता दिन करोडौं रुपैयाँको बजेट बिनियोजनको अगुवाइ उनले नै अहिले लिइरहेका छन्।अहिले श्रेष्ठनेकपा एसको केन्द्रीय सदस्य छन्।
उनी संसदको उद्योग वाणिज्य आपूति तथा उपभोक्ता हित संरक्षण समितिको सदस्य रही काम गरिसकेका छन् । उनी नेपाल तेक्वान्दो संघको उपाध्यक्ष पनि रहिसकेका छन् ।
वि.सं.२०७९ मंसिर ७ बुधवार १९:४१

















